arrow

रोकिएन उपत्यकाको दुर्घटना र मापसे 

logo
प्रकाशित २०७६ असोज १९ आइतबार
mapase.jpeg

काठमाडौं । चाडबाडमा खानपिन चल्नु स्वभाविकै हो । त्यसमा पनि मापसे गरेर सवारी चलाउँदा त्यसले पुर्याउने हानी खतरनाक छ । र पनि रोकिएको छैन मापसे गरेर सवारी चलाउने क्रम । 

 महानगरीय ट्राफिक प्रहरी महशाखाले दिएको जानकारी अनुसार शनिबार काठमाडौं उपत्यकाबाट सवारी उल्लंघनमा ८२५ सवारीलाई कार्वाही गरिएको छ । 

त्यसमा मापसे १४२ रहेको पनि ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यस्तै २९ सवारी दुर्घटना भएकामा १ को मृत्यु भएको छ । १ जना गम्भीर घाइते भएका छन् भने १६ सामान्य घाइते भएका छन् । 

प्रहरीले निगरानी बढाए पनि मापसेमा भने कमी आएको छैन । हरेक दिनजसो यही दरमा सवारी पक्राउ पर्ने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ