arrow

रहेनन् वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्य

logo
प्रकाशित २०७६ असोज १९ आइतबार
rajendra-dev-acharya.jpg

काठमाडौँ । वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको कलेजोमा देखिएको खराबीका कारण आइतबार ६१ वर्षको उमेरमा निधन भएको छ ।     
     
दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाशप्राप्त उनी हाल न्यूज–२४ को समाचार प्रमुख थिए ।     
     
उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका आचार्यको आइतबार बिहानै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल टेलिभिजनका प्रमुख समाचारदाता राजु सिलवालले जानकारी दिए । 
     
पत्रकारिता अध्यापन, पुस्तक लेखनमा समेत क्रियाशील आचार्यको ‘चिन्तन मनन’ टेलिभिजन कार्यक्रम लोकप्रिय थियो । उनका श्रीमती, एक छोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ