arrow

गाईलाई ढुङ्गाले हानेर मारेको अभियोगमा खत्री पक्राउ

logo
सीता डोटेल,
प्रकाशित २०७६ असोज १९ आइतबार
cows.jpeg

पाल्पा ।गाई मारेको अभियोगमा पाल्पा निस्दी १ बाकामलाङ राइकाभञ्ज्याङ्का एक व्यक्ति पक्राउ परेका छन् ।

शनिवार गाई मारेको आरोपमा ३९ बर्षका भक्त बहादुर खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय राम प्रसाद खत्रीको ९ बर्षको गाईलाई ढुङ्गाले हानेर मारेको अभियोगमा थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिं रानाले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ