arrow

मौसमले धोका दियो, केही स्थानमा वर्षा, चिप्लोबाटोमा दशैंको टीका थाप्नुपर्ने 

logo
प्रकाशित २०७६ असोज २० सोमबार

काठमाडौं । देशलाई बडादशैंले छपक्कै छोपेको बेलामा केही स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना भएकाले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ । 

महाशाखाले यसअघि दशैंका बेलामा वर्षा नहुने प्रक्षेपण नगरे पनि मौसमविद्हरुले भने वर्षा नहुने बताएका थिए । तर महाशाखाको पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा केही स्थानमा हिले दशैं हुने निश्चित छ । 

भारतको उत्तर प्रदेश तथा बिहार आसपास न्यून चापीय प्रणाली रहेको र त्यही न्यून चापीय प्रणाली र स्थानिय वायुको प्रभावले नेपालको पूर्वी र मध्य भूमागमा वर्षा भइरहेको हो । साथै पश्चिमी वायुका प्रभावका कारणले नेपालको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । 

सोमबार बिहान देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको तथा देशको पूर्वी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ । त्यस्तै दिउँसो आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

त्यस्तै राति पनि वर्षा हुन सक्ने जनाइएको छ । 

विजया दशमीका दिनको अवस्था 

महाशाखाले दशैंका दिन पनि वर्षा हुने जनाएको छ । देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । 

त्यस्तै राति पनि वर्षा हुनेछ । मंगलबारमात्र हैन बुधबार पनि वर्षा हुने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ