arrow

वर्षादेखि चट्याङसमेत पर्न सक्ने भएकाले सतर्क रहन आग्रह 

logo
प्रकाशित २०७६ असोज २२ बुधबार
weather.jpg

काठमाडौं । बडादशैंको एकादशीका दिनमा पनि वर्षाले गर्दा मुलुकका केही स्थानमा असर पार्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बुधबार बिहान सूचना जारी गर्दै महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउन आग्रह गरेको हो । 

पश्चिम बंगलको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पूर्वी र मध्य भूभागमा साथै पश्चिमी वायुको प्रभावका कारणले नेपालको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । 

हाल देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी तराईका भूभागमा सामान्यतया सफा रहेको छ।

बुधबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना बिहीबार र शुक्रबारसम्मै रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । 

मंगलबार काठमाडौं, पोखरा, जुम्ला लगायतमा वर्षा भएको थियो । काठमाडौं उपत्यकामा बुधबार बिहानको मौसम पनि सहजै खुलेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ