दशैंको द्धादशीमा पनि टीका लगाउने क्रम जारी 

प्रकाशित मिति : २०७६ असोज २३ बिहिबार

काठमाडौं । बडादशैं अन्तर्गत द्धादशीका दिन बिहीबार पनि टीका लगाउने क्रम जारी रहेको छ । नेपालका विभिन्न क्षेत्रमा आफ्नै किसिमको संस्कृतिअनुसार दशैं मनाइन्छ । पश्चिम नेपालका कतिपय क्षेत्रमा दशमीको दिनमामात्र टीका लगाइन्छ । 
 
समयसंगै केही पश्चिमी क्षेत्रमा पूर्णिमैसम्म पनि टीका लगाउन थालिएको छ । काठमाडौंसहितका पूर्वी जिल्लाहरुमा भने पूर्णिमासम्मै टीका लगाउने चलन छ । 
 
केही क्षेत्रहरुमा दशमीको दिन लगाइएको टीका एकादशीको दिन विश्राम लिएर द्धादशीको दिनदेखि पुनः टीकाटालो सुरु भएको छ । दशमीको दिन घर परिवारमा र त्यसबाहेकका दिनमा भने आफन्तकहाँ टीका लगाउन जाने चलन छ । 
 
विदेशमा रहेका नेपालीहरुले पनि पूर्णिमासम्मै टीका लगाउँछन् । 
 
टीका लगाउनकै लागि सरकारले पहिलो पूर्णिमासम्म बिदा दिने गरेको भए पनि यसपटक एकादशीको दिनसम्म मात्र बिदा दिइएको छ । 

यो प्रक्रियालाई भने अव्यवहारिक समेत भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पूर्णिमासम्मै टीका भने लगाइदिने तर सर्वसाधारणले पूर्णिमासम्म बिदा नपाउँदा भने दुःख मनाउ गरिएको हो । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ