arrow

काठमाडौँ उपत्यका भित्रिने यात्रु बढे

logo
रासस
प्रकाशित २०७६ असोज २३ बिहिबार
passenger-waiting.jpg

काठमाडौं। विजयादशमी मनाएर काठमाडौं उपत्यका फर्कने यात्रुको सङ्ख्या बढेको छ । दशैँमा आफ्नो घरपरिवार र मान्यजनबाट टिका लगाएर उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढेको हो । ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार बुधबार बिहानदेखि बिहिबार बिहानसम्म ११ हजार ४ सय २१ सवारीसाधनमा ७० हजार ७ सय ५९ यात्रु उपत्यका भित्रिएका छन् । यस्तै नौ हजार ६७३ सवारीसाधनमा ५६ हजार ७०५ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा धेरै यात्रु भक्तपुरको जगाती नाका हुँदै उपत्यका भित्रिएका छन् । जगातीबाट ३८ हजार ९ सय ३३, नागढुङगा नाकाबाट २६ हजार ३ सय ५७, मुड्खुबाट एक हजार ४ सय ८७ र फर्पिङ नाका हुँदै तीन हजार ९ सय ८२ यात्रु उपत्यका भित्रिएका हुन् । 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले विजया दशमी सकिएसँगै कर्म थलो फर्कने यात्रुको सङ्ख्या वृद्धि भएको बताए । “उपत्यकाबाट बाहिरीने यात्रुभन्दा उपत्यका भित्रिने यात्रुको संख्या बढी छ”, उनले भने । दशैँको अष्टमीदेखि विजयादशमीसम्म काठमाडौँको सडक सुनसान भए पनि यात्रु भित्रिएसँगै उपत्यकाका सडकमा विस्तारै चहल पहलसमेत बढ्न थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ