arrow

स्याङ्जामा युवकको हत्या, पाँच पक्राउ

logo
रासस
प्रकाशित २०७६ असोज २३ बिहिबार
Killed.jpeg

काठमाडौं। स्याङ्जाको हरिनास गाउँपालिकाको बलिथुममा गएराति एक युवकको हत्या भएको छ । ६ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय महेन्द्रबहादुर आलेको घटनास्थलमै मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय चिसापानीबाट राति नै घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयले हत्यामा संलग्नमध्ये पाँच जनालाई पक्राउ गरिसकेको र एक जनाको खोजीकार्य भइरहेको छ।  घटनाका कारण भने खुल्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ