arrow

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

logo
रासस
प्रकाशित २०७६ असोज २३ बिहिबार
motorcycle-accident.jpg

काठमाडौं। पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।  

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६८ प ६८८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ६ प ५८५३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको थियो ।

सो दुर्घटनमा बा ६८ प ६८८७ नम्बरको मोटरसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका १ पिपरा बस्ने २७ वर्षीय अरविन्द चौधरीको मृत्यु भएको छ भने ज ६ प ५८५३ नम्बरको मोटरसाइकलमा सवार अर्का खड्क नगरपालिका ६ बिसनपुर बस्ने २८ वर्षीय अनबारुल अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । 

सो दुर्घटनामा घाइते भएका चौधरी र अन्सारीको उपचारका लागि राउ स्मारक  अस्पताल लहान सिरहामा भर्ना गरेपनि उपचारका क्रममा उनीहरुको मृत्यु भएको थियो। 

त्यस्तै सोही मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन् । उक्त दुर्घटनमा परी घाइते हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका १ पिपरा बस्ने १८ वर्षीय देवानन्द चौधरी र खड्क नगरपालिका ६ बिसनपुर बस्ने ४० वर्षीय मोहम्मद किसुधीन रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ