arrow

मौसममा केही सुधार, एक दुई स्थानमा वर्षाको सम्भावना

logo
प्रकाशित २०७६ असोज २४ शुक्रबार
weather.jpg

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा सुधार आएको छ । महाशाखाले हाल बंगलादेश तथा आसपासका क्षेत्रमा न्यून चापिय प्रणाली रहेको जनाएको छ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली र तराईका भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाले दिउँसो देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली तथा मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही पहाडी भेगको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने जनाएको छ।

त्यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

शनिबार एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ भने तराईका भूभागमा मौसम सामान्यया सफा रहनेछ ।

त्यस्तै आइतबार मौसम सफा रहने महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ