arrow

‘प्रहरीले कुन पार्टी सरकारमा छ हेर्ने हैन’ – प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७६ असोज २४ शुक्रबार
pm-oli-oli.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनको पालना, अनुसन्धान, शान्ति सुरक्षा र अनुहार नहेरी निश्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् । 

उनले निश्पक्ष न्याय निरुपणबाटै शान्ति सुव्यवस्था हुने भएकाले प्रहरीलाई ‘यो समाज हाम्रो हो सबैले सुन्दर समाज बनाउन सक्छौं’ भनेका छन् ।

६४ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार बिहान भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई सेवा सुविधा पुर्याउनेदेखि त्यसको रेखदेख गर्ने काममा प्रहरीकै हात हुने बताए । 

ओलीले गल्ती गर्नेलाई कुनै पार्टी वा व्यक्ति नहेरी कार्वाही गर्न पनि उनले आग्रह गरेका छन् । 

‘भ्रष्टाचार हुन नदिने कुरामा महत्वपूर्ण भूमिका प्रहरीले खेल्ने भएकाले प्रहरीको भूमिका आज जब हामी सुशासनका निम्ति प्रयास गरिरहेका छौं त्यतिबेला धेरै महन्त्वपूर्ण रहेको छ ।’ प्रधानमन्त्री ओलीले भने । 

कानुनको परिपालनाको आदत दिलाउने काम प्रहरी गराउनु पर्नेमा उनले जोड दिए । मुलुक आर्थिक उन्नतिको स्थितिमा लागिरहेका बेलामा केही मानिसहरु गलत मनसायका साथ हिंसाको बाटोमा लागेको र फेरि पनि नेपाललाई विकासको महाअभियानबाट अल्मल्याउन खोज्ने, जनतालाई अमनचयनका साथ बस्न नदिने लगायतका प्रयास गरिरहेको भन्दै विप्लव समूहलाई सचेत गराएका छन् । 

त्यस्तै कोही संविधान मान्दिन, कोही व्यवस्था मान्दिन र कोही शान्ति मान्दिन भन्ने अराजक गतिविधि गर्नेप्रति सरकार चुप लागेर नबस्ने र प्रहरी पनि चुप लागेर बस्न नहुने प्रधानमन्त्री ओलीले बताए । 

सधैभरि आफूहरु चुप लागेर नबस्ने चेतावनी पनि उनले दिए । संविधान र कानुनअनुसार कार्वाही र नियन्त्रण गर्न प्रहरीको विशेष ध्यान जाओस् भनी ओलीले प्रहरीको ध्यानाकर्षण गरेका छन् । 

शनिबार चिनियाँ राष्ट्रपति नेपाल आउने भएकाले सफलताका लागि भब्य तयारी भइरहेको भन्दै सुरक्षा निकायलाई प्रधानमन्त्री ओलीले सफलताको भूमिका खेल्ने पहिलो निकाय भएको पनि बताए । 

महान् शक्तिको राष्ट्रको रुपमा उदाएको चीनका राष्ट्रपति आउने भएकाले सबैले मिलेर सफल पार्नुपर्ने उनले बताए । 

प्रहरी दिवसका अवसरमा पूर्व डीआइजी यादव अधिकारीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ