arrow

नेपालखबर डटकमका सम्पादक ढुङ्गाना गंभीर घाईते

logo
प्रकाशित २०७६ असोज २४ शुक्रबार
Krishna-Dhungana.jpg

काठमाडौं। नेपालखबर डटकमका सम्पादक कृष्ण ढुङ्गाना बिहिबार साँझ सडक दुर्घट्नामा परी गंभीर घाईते भएका छन्। उनको उपचार राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्षमा भैरहेको छ।

कार्यालयबाट घर फर्किने क्रममा ढुङ्गानालाई त्रिपुरेश्वरमा मोटरसाइकलले ठक्कर दिएको थियो। उक्त ठक्करबाट उनी गंभीर घाईते भएका थिए।

उनको टाउकोमा चोट लागेको छ। टाउकोमा जमेको रगत निकाल्नकालागि उनको सल्यक्रिया गरिएको छ। उनको स्वास्थ्य सुधारोन्मुख भए पनि खतरामुक्त नरहेको चिकित्सकले जनाएका छन्।

बाटो काट्ने क्रममा उनलाई बा ३३ प २३७ नंबरको मोटरसाईकलले ठक्कर दिएको थियो। मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ