arrow

यात्रु युवती करणी गर्ने अटो चालक प्रहरी हिरासतमा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ असोज २४ शुक्रबार
arrest_news.jpg

पुनर्वास। जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वासमा यात्रु युवतीलाई बलात्कार गर्ने अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा दर्ता गरेको छ ।

बिहिवार राती साढे नौ बजे तिर पुनर्वास नगरपालिका ७ को ३१ वर्षिय अटो चालक भरतसिंह महराले पुनर्वास ९ कि १८ वर्षिय एक युवतीलाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । माइतीघर बाट घर फर्कदै गरेकी महिलालाई अटो चालक महराले पुनर्वास नगरपालिका कगाउ र ख गाउँको  बीच पर्ने जनजागरण सामुदायिक वन भित्र लागि जबर्जस्ती करणी गरेको थियो ।

महिलाले गुहार मागे पछि स्थानीयले खोजी गरि अटो चालक महरालाई प्रहरीमा बुझाएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए । जबर्जस्ती करणीमा संलग्न रहेको महरालाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखी अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक सिंहले बताए ।

महिला माइतीघर महेन्द्रनगर बाट घर आउने क्रममा डोकेबजार देखि महराको अटोमा आएकी थिइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ