arrow

नवलपरासीमा जीप दुर्घटना हुँदा एकको मृत्यु

logo
रासस
प्रकाशित २०७६ असोज २५ शनिबार

काठमाडौं। नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जीप बुलिङटार गाउँपालिका ६ स्थित निरन्दीखोलामा दुर्घटना हुँदा नवलपरासी देवचुली नगरपालिका ४ बस्ने २७ वर्षीय हरि अधिकारी क्षेत्रीको मृत्यु भएको हो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा पोखरा मनिपाल कलेजमा शुक्रबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले बताए ।

दुर्घटनामा परी देवचुली १०, बस्ने २७ वर्षीय आशिस खनाल, सोही स्थान बस्ने १९ वर्षीय सूचना पाण्डे, देवचुली १, बस्ने ३० वर्षीय पवन तिवारी र २४ वर्षीया सङ्गीता पोखे्रल घाइते भएका छन् । घाइते चारै जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । निरन्दीखोलाको उकालोमा जीपले लोड तान्न नसकेपछि दुर्घटनामा परेको हो । जीपमा करीब १७ जना सवार रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ