काठमाडौं। नेपाल र चीनबीचको मित्रता हिमालजस्तै अग्लो र अटल रहेको पछि्ला गतिविधीले देखाएका छन्। यसबीचमा भएका द्विपक्षीय सम्वन्ध, भेटघाटहरुले पनि यसलाई झल्काएको छ।
सन् २०१९ को अप्रिल २९ तारिखका दिन चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए।
भेटवार्तामा राष्ट्राध्यक्ष सीले चीन र नेपालबीच हजारौं वर्ष अघिदेखिको मैत्रीपूर्ण आदानप्रदानको इतिहास रहेको र दुवै देशका जनताबीचको मित्रता गहन रहेको बताएका थिए। उनले चीनले दुवै देशबीचको सम्बन्धमा उच्च ध्यान दिएको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई समर्थन गरेको पनि बताए। उनले दीर्घकालदेखि नै चीनको मुख्य हित तथा महत्वपूर्ण समस्याबारे नेपालद्वारा दिइएको समर्थनका लागि सराहना व्यक्त गरेका थिए। साथै नेपालको “एक पेटी एक मार्ग”मा सकारात्मक सहभागिताका लागि चीनले सराहना गरेको पनि उनले व्यक्त गरेका थिए।
सन् १९५५ को अगष्ट एक तारिख चीन र नेपालबीचमा दौत्य सम्बन्ध स्थापना भएको ६४ वर्षदेखि दुवै मुलुकबीचको उच्चस्तरीय आदानप्रदान कायम रहेको छ। सन् २०१८ मा सी चिनफिङ र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो। त्यसअघी सन् २०१७ मा सी चिनफिङ र पूर्वप्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको थियो। सन् १९७८ मा तङ स्याउ फिङद्वारा नेपालको भ्रमण भएको थियो।
सन् १९६० मा चौ एनलाइ र तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाद्वारा चीननेपाल शान्ति मैत्री सन्धिमा हस्ताक्षर भएको थियो। नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्रीको हैसियतमा कोइरालाको भ्रमण थियो।
सन् १९६१ मा माउ च तोङ र नेपालका तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहबीच चीनमा अर्को भेट भएको थियो।
६० भन्दा धेरै वर्षदेखि अन्तर्राष्ट्रिय परिस्थितिमा धेरै परिवर्तन आएको छ। तापनि दुई मुलुकबीचको सम्बन्ध स्थिर र स्वस्थ रुपमा विकसित हुँदै आएको छ। दुई देशबीचको सहयोगमा अझै विस्तार हुँदै आएको छ। (चाइना मिडिया ग्रुप, नेपाली सेवा, बेइजिङ)