arrow

कुन हैसियतमा पुगिन् सीलाई स्वागत गर्न राष्ट्रपतिकी छोरी प्लेनसम्म ? 

स्वागतमा अलमल हुँदा सी प्लेनभित्रै, किन हड्बडाइन् राष्ट्रपति भण्डारी ?

logo
प्रकाशित २०७६ असोज २६ आइतबार
vidya-xi-welcome2.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी गएकोप्रति पोर्टफोलियो चासो बढेको छ । 

शनिबार अपरान्ह सी काठमाडौं ओर्लदा राष्ट्रपति भण्डारीसंगै उनकी छोरी पनि प्लेनसम्मै पुगेकी थिइन् । 

उनी कुन हैसियतमा पुगेकी थिइन् भनेर प्रोटोकलमा राख्ने जानकारहरु अचम्ममा परेका छन् । 

राष्ट्रपतिकै छोरीको हैसियतमा उनी राष्ट्रपति भण्डारीसंग जान मिल्दैन । तर विमानस्थलमै उनी जानुलाई भने प्रोटोकल जानकारहरु निको मान्दैनन् । 

जबकि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसमेत सीलाई स्वागत गर्न भीभीआईपी लबिमा बसेका थिए । यो सन्दर्भमा राष्ट्रपतिकी छोरी के हैसियतले अगाडि पुगिन् भन्ने कुरा धेरेको आश्चर्यको विषय भएको छ ।

राष्ट्रपतिको हड्बडीमा गडबडी
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार सीलाई स्वागत गर्न केही समय ढिला गरी पुगिन् । उनी प्लेनको भर्याङमै पुगेर सीलाई स्वागत गर्ने कार्यक्रम थियो । 

तर भण्डारी प्लेननिर पुग्न नै ढिला गरेपछि सी बाहिर आउन सकेनन् । प्लेन ल्याण्ड भइसकेपछि पहिले हेड अफ द डेलिगेट्स पहिले आइपुग्छन् बाहिर । तर शनिबार त्यस्तो देखिएन । 

भण्डारीले हड्बडीमा गडबडी गर्न खोज्दा डेलिगेट्स पहिले झरे । राष्ट्रपति सी झरेनन् । 

यसको कारण थियो स्वागत गर्न पुगेकी राष्ट्रपति भण्डारी उपस्थित हुन ढिला गर्नु । केही समय ढिला गरी पुगेकी भण्डारी हतासजस्तो देखिएकी थिइन् । 

उनी टेलिभिजन दृष्यमा आफै पनि भर्याङबाट माथि प्लेनभित्र गएर सीलाई स्वागत गर्न खोजेकी थिइन् । भण्डारी माथि त गइनन् तर उनी हतास मनास्थितिमा थिइन् । 

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भर्याङको तल नै रोकिन भण्डारीलाई आग्रह गरिरेहका थिए । नेपाल टेलिभिजनमा यो दृष्य प्रत्यक्ष प्रसारण भइरहँदा प्रस्तोताले पनि राष्ट्रपति भण्डारी प्लेनभित्रै गएर सीलाई स्वागत गर्ने बताइरहेकी थिइन् । 

पहिलो कुरा त स्वागत गर्ने मानिस पुग्न नै ढिला गर्ने त्यसपछि स्वागत गर्ने क्रममा छोरी लैजानु र हडबडमा गडबड गर्न खोज्नुले गर्दा राष्ट्रपति भण्डारीले किन त्यसरी तालमेल मिलाउन सकिनन् भन्ने प्रश्न अहम् बनेको छ । 

राष्ट्रपति कार्यालयले यसअघि पनि गल्तीहरु गर्दै आइरहेको छ । यसपटक पनि कार्यालयबाटै भएको गल्तीले गर्दा कतै भण्डारी आलोचित बनेकी त हैनिन् ? या उनलाई यसबारेमा जानकारी नै छैन ? छोरीसमेत लगेर प्रोटोकल तोडेको विषयलाई समेत जोडेर शनिबारको राष्ट्रपतिको कदमलाई गम्भीर रुपमा लिइएको बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ