arrow

कांग्रेस सांसद आलम पक्राउ

logo
प्रकाशित २०७६ असोज २६ आइतबार
aftab-alam.jpg

गौर । नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताब आलम रौतहटबाट पक्राउ परेका छन् । उनलाई रौतहट प्रहरीको टोलीले रौतहटको गौरबाट आइतबार बिहान पक्राउ गरेको हो । 

उनलाई २०६४ सालको संविधान सभा चुनावको बेला भएको बमकाण्डमा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा जलाएर मारेको आरोप आलममाथि छ । 

मारिएकामध्ये दुईजनाका परिवारले आलमविरुद्ध जाहेरी दिएको आधारमा प्रहरीले पक्राउ गरेको हो । 

चुनावका बेलामा हाते बम बनाउने क्रममा पड्किएर ६ जनाको मृत्यु भएको थियो भने बाँचेका घाइते ५ जनालाई प्रमाण नष्ट गर्नका लागि भन्दै इट्टाभट्टामा ज्यूँदै जलाएर मारेको आरोप उनलाई लागेको हो । 

यो घटनाको काण्ड त्यत्तिकै टालिए पनि प्रमाण धेरै जुटेकाले उनलाई पक्राउ गरिएको हो । आलम पक्राउबारे एसपी भुपेन्द्र खत्रीले पुष्टि गरेको स्थानीय पत्रकार जयप्रकाश यादवले जनाएका छन् । 

रौतहट–२ बाट प्रत्यक्ष निर्वाचित सांसद आलम काँग्रेस केन्द्रीय सदस्यसमेत हुन् । उनी यसअघि श्रममन्त्रीसमेत भएका थिए । 

आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ। उनको पक्राउ विरुद्ध काँग्रेस नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालयमा नाराबाजी गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ