arrow

दुर्घटनामा मृत्यु भएकाका परिवारलाई गाडी धनीले पाँच लाख क्षतिपूर्ति दिने

logo
रासस,
प्रकाशित २०७६ असोज २६ आइतबार

बनेपा। यही असोज २४ गते महाभारत गाउँपालिका–२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा   निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई रू पाँच-पाँच लाख दिने आज सहमति भएपछि परीक्षणपश्चात् आफन्तले शव जिम्मा लिएका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार मृतक दुई जनाको परिवारलाई क्षतिपूर्तिबापत रू  पाँच÷पाँच लाख उपलब्ध गराउने, किरिया खर्चबापत पचास÷पचास हजार दिने र घाइतेको उपचार गरिदिने गाडी धनी सुनिल थापा तथा मृतकका आफन्तबीच सहमति भएपछि आफन्तले शव बुझेका थिए ।

किरिया खर्चबापतको पचास÷पचास हजार रकम आज नै उपलब्ध गराइसकेको र क्षतिपूर्ति रकम १५ दिनभित्रमा दिने सहमति भएको प्रहरीले जनाएको छ । सो घटनामा परि सोही गाउँपालिकाको वडा नं २ अमलवासका वकिल बोम्जन र सोही ठाउँ घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका बस्ने प्रकाश मोक्तानको मृत्यु भएको थियो ।

उक्त घटनामा परी ३२ जना घाइते भएका र उनीहरुमध्ये केहीको उपचार भइरहेको तथा केही उपचारपश्चात् घर फर्किसकेको उक्त गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ