arrow

अज्ञात समुहद्वारा रौतहटमा एक व्यक्तीको हत्या

logo
प्रकाशित २०७६ असोज २६ आइतबार
Bullet_Fire.jpeg

रौतहट। रोतहटमा अज्ञात समुहले एक व्यक्तीको गोलि हानी हत्या गरेको छ। हत्या भएका व्यक्तीको पहिचान नखुलेको प्रहरीले बताएको छ। हत्या गर्ने समुहको पनि कुनै पहिचान नभएको बताईएको छ। 

प्रहरी श्रोतका अनुसार भारतबाट गाडीमा हालेर ल्याएर नेपालमा हत्या गरिएको आशंका गरिएको छ। हत्या गरेर उक्त समुह भारत तिर गएको हुनसक्ने बताईएको छ। 

शुरुमा नेपाली कांग्रेसका सांसद आफताब आलमको पक्राउसँग उक्त घट्ना जोडिएको आशंका गरिए पनि दुई घटना बिच कुनै सम्बन्ध नभएको प्रहरीले जनाएको छ। 

हत्या गर्ने समुहको खोजी भैरहेको र हत्या भएका व्यक्तिको पहिचान गर्ने कार्य पनि भैरहेको प्रहरीले जनाएको छ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ