arrow

पत्रकार युवराज गौतमलाई अन्तर्राष्ट्रिय पुरस्कार

logo
प्रकाशित २०७६ असोज २७ सोमबार
yuba-raj-gautam.jpg

काठमाडौँ । यस बर्षको अन्तर्राष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कार २०१९ पत्रकारद्धय युवराज गौतम र श्याम लुईटेललाई दिने निर्णय भएको छ । गौतमलाई नेपालबाट र लुईटेललाई बेलायतबाट संयुक्त रुपमा पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

प्रवासी नेपालीहरुसंग सम्बन्धित समस्या तथा मुद्दाहरुमा कलम चलाइरहेका पत्रकार लुईटेल वीनेपाली डट कमका सम्पादक मण्डलमा छन् भने गौतम इमेजखवर डटकमको डेस्क इडिटर हुन् ।

डेढ दशकअघि इलामको पावन भूमि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका गौतम स्पेसटाइम दैनिक तथा च्यानल नेपाल टेलिभिजनको जिल्ला संवाददाता हुँदै हाल काठमाडौंलाई कार्यथलो बनाएर पत्रकारिता गरिरहेका छन् ।

पत्रकारितामा स्नातक तथा राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गौतम हाल कान्तिपुर साप्ताहिक र नारी मासिक साथै राजधानी दैनिकमा स्वतन्त्र रुपमा कलम चलाउँछन् । उनले अर्थबजार डटकमको सम्पादक तथा फ्रेसन्यूज नेपाल डटकमको समाचार संयोजकका रुपमा भूमिका निर्वाह गरिसकेका छन् ।

दुई दशक लामो पत्रकारिताको अनुभव भएका पत्रकार लुईटेल रेडियो सगरमाथा, राजधानी दैनिक हुँदै डायस्पोराको बेलायतमा संचालित न्यूज पोर्टल वीनेपाली डटकममा सकृय छन । समाजशास्त्रमा स्नातकोत्तर तह उत्तिर्ण गरेका लुईटेल नेपाल पत्रकार महासंघ बेलायत शाखाका बरिष्ठ उपाध्यक्ष  हुन् ।

नेपाल र विदेशमा एनआरएनएका बारेमा कमल चलाउने पत्रकारलाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कारका स्थापना गरिएको थियो ।

गैरआवासीय नेपाली संघका एक अभियन्ता चिरन्जीवि ढकालकी स्वर्गीय माता सीतादेवी ढकालको  नाममा स्थापित  गरिएको सो  पुरस्कार प्रत्येक दुइ वर्षमा प्रदान गरिन्छ ।

पुरस्कारको राशी ५ सय अमेरिकी डलर सहित प्रमाण पत्र रहेको छ  । यस बर्ष संयुक्त रुपमा वितरण गर्न लागिएको हो ।

यसअघि सो पुरस्कार युवा पत्रकार कृष्ण ढुंगानाले पाएका थिए  । यो वर्ष एनआरएनएको नवौं विश्व सम्मेलनका अवसरमा काठमाडौँमा उक्त पुरस्कार प्रदान गरिने संस्थापक ढकालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ