arrow

महरा अनुसन्धानका लागि थप तीन दिन हिरासतमा

logo
प्रकाशित २०७६ असोज २८ मंगलबार
mahara-case6.jpg

काठमाडौं। जबरजस्ती करणीको आरोपमा पक्राउ परि प्रहरी हिरासतमा रहेका कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राखि अनुसन्धान गर्न म्याद थपेको छ। सरकारी वकिलको मागलाई सदर गर्दै अदालतले उक्त निर्णय गरेको हो।

सरकारी वकिल उमाकान्त पौडेलले महरालाई तीन दिन अनुसन्धानका लागि हिरासतमा राख्नु पर्ने माग गरेका थिए। ‘महरा बिरामी भएकोले उनको बयान लिन अझै तीन दिन लाग्छ। त्यसैले १३ दिन म्याद थप गर्न पाउ भन्दै’ वकिल पौडेलले माग गरेका थिए।

अनुसन्धान पुरा नभैसकेकोले महरालाई थप तीन दिन थुनामा राख्न अदालतले निर्णय गरेको हो। जिल्ला न्यायधिश दिपक कुमार दाहालको ईजलासले उक्त निर्णय गरेको हो।

महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहश गरेका थिए। उक्त घटनाको अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले पक्राउ गरेको दिनदेखि लागू हुने गरी १३ दिन म्याद थप गर्न अदालतसमक्ष माग गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ