arrow

डा. गोविन्द केसी विरुद्ध अनशन बसेका विजय थापा आत्मसमर्पण गर्दै

logo
प्रकाशित २०७६ असोज २८ मंगलबार
bijaya-thapa.jpg

काठमाडौं। डा. गोविन्द केसीको गत अनशन विरुद्ध अनशन बसेका विजय थापाले प्रहरी सामु आत्मसमर्पण गर्ने भएका छन्। 

उनले डा. केसीको स्वास्थ्य शिक्षा विधेयकका लागि बसेको अनसन विरुद्धमा अनसन बसेका थिए। उनको अनसन प्रश्नहरुको घेरामा भने रहेको थियो।

विजय थापाले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र (डिन) कार्यालयका डिन डा. जगदिश अग्रवालमाथि कालो मोसो दलेको घट्नाको सम्पूर्ण जिम्मा आफूले लिने बताउँदै आजै प्रहरी प्रशासनमा आत्मसमर्पण गर्ने घोषणा गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै थापाले डिन अग्रवालमाथि दलिएको कालो मोसोको सम्पूर्ण जिम्मेवारी आफूले लिएको बताए । उनले भने,‘भ्रष्टहरु विरुद्धको यो लडाई लड्दै गर्दा देशमा कानून छ, यसको पालना गर्नुपर्छ । कानूनको सम्मान र रक्षा पनि गर्नुपर्छ भन्नेमा म सजग छु । कानूनको सम्मान र पालना गर्नुपर्छ भनेर नै म यस प्रेस विज्ञप्तीसहित आज तपाईहरुको सामू उपस्थित् भएको छु ।’

स्वास्थ, शिक्षा र रोजगारलाई मौलिक अधिकारका रूपमा सुनिश्चितता सहितको प्रत्याभूति सरकारले नदिलाएसम्म आफूहरु निरन्तर रचनात्मक तवरमा दबाबमुलक, शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु निरन्तर अगाडि बढाईरहने पनि थापाको जिकिर छ ।

त्यस्तै, उनले सरकारी तलबभत्ता, सेवासुबिधा लिएर राजनीति गर्ने सरकारी कर्मचारीहरूलाई सरकारी सेवाबाट बर्खास्त गरि कडाभन्दा कडा कारबाही गरिनुपर्ने पनि आफूहरुको अर्को मुख्य माग रहेको सुनाए । आन्दोलन र अनशनका नाममा अनेकौं नाटक मन्चन गरि स्वास्थ संस्थाजस्तो अत्यन्तै संवेदशनी क्षेत्रलाईनै ठप्प पारी बन्धक बनाएर बार्गेनिङ गर्ने डाक्टर गोबिन्द केसी र भ्रष्ट डिन जगदीश अग्रवालसहितको अराजक झुंडहरुलाई तत्काल सरकारी सेवाबाट बर्खास्त गरि कडा कारबाही गरिनुपर्ने उनको माग छ ।

डिन जगदीश अग्रवालको शैक्षिक प्रमाणपत्र र सम्पत्ति छानबिन गर्नुपर्ने आफूहरुको पूर्ववत माग अहिलेपनि यथावत रहेको थापाको जिकिर छ।  उनले भने,‘डिन जगदीश अग्रवालको नागरिकता छानबिन हुनुपर्छ । हामीले यो मागसहित निरन्तर रूपमा सरकारलाई शान्तिपुर्ण तवरमा दबाब दिँदै आइरहेका थियौ । तर, हाम्रो आवाज यहाँपनि सुनिएन। पटकपटक सरोकारवाला निकाय (त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्यन संस्थान् (आइओएम) का डिन अग्रवाललाई विद्यार्थीहरुको समस्याहरुको विषयमा, डिन जगदीश अग्रवालमाथि नै उब्जिएका विभिन्न गम्भीर प्रकारका नैतिक प्रश्नहरुका विषयमा यिनै (आइओएम) डिनलाई नै हामीले ज्ञापनपत्र बुझाउदा च्यातेर फ्यालिदिनेसम्मका हर्कत देखाउनुभयो। जगदीश अग्रवाज्ञापनपत्र उहाँले कागजमात्रै सोच्नुभयो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ