arrow

सांसद प्रमोद साह पक्राउ

logo
रासस,
प्रकाशित २०७६ असोज २८ मंगलबार
pramod-sah-rpp.jpg

काठमाडौं। जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा) का नेता तथा सांसद प्रमोद साहलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओखलढुङ्गा जान लागेका बेला साहलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। उनका अनुसार पक्राउ लगत्तै शाहलाई आजै जनकपुर पठाइएको छ।

जहाज उडाउन ढिलाइ गरेको भन्दै साहले सोमबार बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको प्रहरीले जनाएको छ। साह सर्लाही क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुन्। राजपाले भने पक्राउको विरोध गरेको छ।

यसैबीच सांसद साहको रिहाइको माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्यसमिति सर्लाहीले सदरमुकाम मलङ्गवामा विरोध प्रदर्शन गरेका छन्। राजपा पार्टी कार्यालयबाट शुरु भएको विरोध प्रदर्शनमा सहभागी नेता, कार्यकर्ताले बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि पुगी नाराबाजीसमेत गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ