arrow

नेकपा सांसद पार्वत गुरुङलाई ज्यानमार्ने उद्योगमा पक्राउ पुर्जी 

logo
प्रकाशित २०७६ असोज ३० बिहिबार
parbat-gurung.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद पार्वत गुरुङलाई ज्यानमार्ने उद्योग मुद्दामा पक्राउ पुर्जी जारी भएको खुलेको छ । उनलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको खुलेको हो । 

मुद्दा दर्ता भएको एक वर्षपछि मात्र पक्राउ पुर्जी जारी भएको खुलेको हो । पूर्व माओवादी कार्यकर्ता वीरध्वज खड्काको जाहेरीले नेपाल सरकार वादी भएको उक्त मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गुरुङसहित सात जनाविरुद्ध ज्यानमार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ। 

स्थानीय तहको निर्वाचन क्रममा दोलखाको गौरीशंकर गाउँपालिका–२, जुँगुका कुलबहादुर तामाङको हत्याको घटनासँग जोडेर मुद्दा हालिएको हो । २०७४ वैशाख २६ गते राति तत्कालीन नेकपा माओवादी र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा ३३ वर्षीय तामाङको मृत्यु भएको थियो। 

अभियोग पत्रमा गुरुङ फरार रहेको भन्दै पक्राउ पुर्जी जारी गर्न मागसहित सरकारी वकिलले २०७५ सालमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

उक्त मुद्दामा गुरुङसहित मीनबहादुर तामाङ, कारसाङ भनिने कर्ण तामाङ, जीवन तामाङ, उर्मिला धामी, सागर तामाङ र सविन तामाङलाई प्रतिवादी बनाइएको छ। 

आरोप पुष्टि भए मुलुकी फौजदारी संहिताको दफा १८३ (२) मा ज्यानमार्ने उद्योगमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ