arrow

विवेकशील नेपालीको बिहीबार उपाध्यक्ष, सचिव र कोषाध्यक्षको निर्वाचन 

logo
प्रकाशित २०७६ असोज ३० बिहिबार
bibekshil-nepali-dal.jpeg

जनकपुर । विवेकशील नेपाली दलको जनकपुरमा जारी राष्ट्रिय सम्मेलन अन्तर्गत दोस्रो चरणको निर्वाचन बिहीबार हुँदैछ । दोस्रो चरणमा उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषाध्यक्षको निर्वाचन हुन लागेको हो । 

यसअघि पहिलो चरणमा अध्यक्ष, महासचिव र नीति सचिवको निर्वाचन भइसकेको छ । अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् । उनले प्रत्यासी शिव थापालाई हराएका थिए । 

त्यस्तै महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जिव भट्टराई निर्वाचित भएका छन् । जनकपुर सम्मेलनबाट २२ सदस्यीय समिति चयन हुनेछ। 

असोज २८ लेखि सुरु भएको विवेकशीलको राष्ट्रिय सम्मेलन कार्तिक २ गतेसम्म चल्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ