arrow

गगन थापा स्वास्थ्य मन्त्री हुदा दिइएको एक्सरे मेसीनबाट दुर्गम गाँउ रानीवनमा सेवा सुरु

logo
जीवन शर्मा,
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
ujan_xray1.jpg

ओखलढुंगा । ओखलुंगाको दुर्गम गाँउ चम्पादेवी गाँउपालिकाको रानीवनमा एक्सरे सेवा सुचारु भएको छ । चम्पादेवी गाँउपालिका वडा नम्बर –१० स्थित रानीवन प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबारबाट एक्सरे सञ्चालनमा आएको हो । तत्कालिन स्वास्थ्यमन्त्री गगनकुमार थापाको पालामा व्यवस्था गरिएको एक्सरे मेसीन दक्ष जनशक्ति र आवश्यक, औजार, लगानी तथा भवन अभावमा सुरु हुन सकेको थिएन् ।

हाल आएर गाँउपालिका र वडाको लगानीमा तालिम प्राप्त जनशक्ति तयार गरी एक्सरे मेसीनका लागि आवश्यक अन्य उपकरण, एक्सरे कोठा तथा कच्चापदार्थको व्यवस्था गरेसंगै एक्सरे मेसीन प्रयोगमा आएको वडा कार्यालय रानीवनले जनाएको छ । ‘हामीले एक्सरे मेसीन सूचारु गराउन ठुलो मेहनत गरौं, चम्पादेवी गाँउपालिका वडा नम्बर १० रानीवनका अध्यक्ष उज्जव बुढाथोकीले भने, ‘ हाल गाँउपालिका र वडा कार्यालयको लगानीमा आवश्यक उपकरण, भवन तथा कच्चापदार्थ संगै तालिम प्राप्त जनशक्तिको व्यवस्था गरेका छौं ।’ गाँउमै एक्सरे सेवा सञ्चालनमा आएसगै चम्पादेवी र लिखु गाँउँपालिका पुरै नागरिकले सहज सेवा पाउने वडा अध्यष बुढाथोकीले विश्वास गरे ।

उक्त २ गाँउपालिकाका नागरिकहरु सामान्य दुर्घटना भई शरिरका कुनै भागमा चोट पटक लागे वा हड्डीमा समस्या देखिएमा विरामीको अवस्था चेक जाँच गर्नका लागि एक्सरे मेसीनले निकै मद्दत गर्ने बताइएको छ । यसले गाँउमा भएका साना तिना दुर्घटना बाट घाइते भएका विरामीहरुले जिल्ला सदरमुकाम र रामेछापको मन्थली सम्म जानुपर्ने बाध्यता टरेको स्थानीयले बताएका छन् । स्थानीय सरकारले गाँउमै एक्सरे मेसीन सञ्चालनमा ल्याएपछि स्थानीय बासीमा खुसी छाएको छ ।

रानीवन प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसीन उपलब्ध गराउनका लागि मन्त्रालयसंग पहल गर्ने नेपाली कांग्रेसका नेता कुमार लुइटेल, तत्कालिन स्वास्थ्य मन्त्री गगनकुमार थापालाई र  चम्पादेवी गाँउपालिका प्रमुख नवराज केसी प्रति वडा कार्यालयले आभार व्यक्त गरेको छ ।

नागरिकको स्वास्थ्य सेवालामा प्रथमिक्ता दिने उद्देश्यले गाँउपालिका तथा वडाले एक्सरे मेसीन सञ्चालनमा लगानी गरिएको चम्पादेवी गाँउपालिका प्रमुख नवराज केसीले बताए । एक्सरे मेसीन सञ्चालनका लागि गाँउपालिका अन्तरगत स्वास्थ्य शाखा अन्तरगत प्राथमिक स्वास्थ्य केन्द्र सुदृढिकरण शिर्षकमा आएको केही बजेट, गाँउपालिकाका तथा वडाको गरी ८ लाख खर्च भएको वडा अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

एक्सरे मेसीन स्वास्थ्य मन्त्री गगन कुमार थापाको पालामा स्वस्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले वितरण गर्दा रानीवन प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि उपलब्ध गराएको थियो ।  उक्त एक्सरे पहिला पनि परिक्षण गरिएको तर दक्ष जनशक्ति र आवश्यक औजारहरु नभएकाले सञ्चालनमा आउन सकेको थिएन् । एक्सरे सञ्चालनमा आएसंगै हड्डी संग सम्बन्धित पुराना १ दर्जन विरामीले शुक्रबारै सेवा लिएका प्रथमिक स्वास्थ्य केन्द्र रानीवनले जनाएको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ