arrow

एपोनका कार्यसमितिले पायो पूर्णता : अध्यक्ष क्षेत्रीले गरे उपाध्यक्ष र महासचिव मनोनित

logo
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
opon.jpg

काठमाडौं । नेपाल औषधी उत्पादक संघ (एपोन) को कार्यसमितिलाई अध्यक्ष  जी नारायणबहादुर क्षेत्रीले पूर्णता दिएका छन्।

गत बुधबार सम्पन्न २५ औँ साधारण सभाले एपोनको अध्यक्षमा टाइम फर्मास्युटिकलका क्षेत्रीलाई दुई वर्षको कार्यकालका लागि निर्वाचित गरेको थियो ।

क्षेत्रीले एपोनको विधान अनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सहितका पदाधिकारी मनोनयन गरेर कार्यसमितिलाई पूर्णता दिएका हुन ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा ओम्निका ल्यावरोटोरीका महेश प्रधान, उपाध्यक्षमा आदि रेमिडिजका सन्तोष बराल, महासचिवमा इन्नोभेटिभ फर्मास्युटिकलका विप्लव अधिकारी र कोषाध्यक्षमा मारुती फर्माका प्रभात रुङ्गटा मनोनित भएका छन् । त्यसैगरि आमन्त्रित सदस्यमा अध्यक्ष पदमा पराजित लोमस फर्मास्युटिकल्सका प्रज्वलजङ्ग पाण्डे चयन भएका छन्। क्षेत्रीले आफू बिजय भएकै दिन पाण्डेलाई आमन्त्रित सदस्यमा मनोनयन गरेको घोषणा गरेका थिए ।

कार्यसमितिका अन्य सदस्यहरुमा फ्लोरिड ल्यावरोटरीका विजयराज शाक्य, सीटीएल फर्मास्युटिकलका दीपेन्द्र प्रधान, क्वेष्ट फर्मास्युटिकलका पृथ्वी राजभण्डारी, अलाईभ फर्मास्युटिकल्सका सुवर्णभक्त जोशी र म्याग्नस फर्माका प्रेम जाटिया मनोनित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ