arrow

तरुण दलले स्थापना दिवस मनाउने

logo
रासस,
प्रकाशित २०७६ कार्तिक २ शनिबार
Tarun_Dal_convention1.jpg

काठमाडौं। नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल तरुण दलले ६७ औँ स्थापना दिवस भव्यताका साथ देशभर मनाउने भएको छ। दलको कार्यालय कुलेश्वरमा शुक्रबार बसेको बैठकले दलको ६७ औँ स्थापना दिवसका अवसरमा कात्तिक १० गते रचनात्मक र सिर्जनात्मक क्रियाकलाप गरेर देशभर स्थापना दिवस मनाउने निर्णय गरेको हो।

दलका अध्यक्ष जीतजङ्ग बस्नेतले रक्तदान, खेलकूद, सरसफाइ, विचारगोष्ठी, र्‍याली, प्रभातफेरी, चियापानलगायतका कार्यक्रम गरेर मनाउने निर्णय गरेको जानकारी दिए। दलले स्थापना दिवस भव्यताका साथ मनाउन सबै जिल्लालाई परिपत्रसमेत गरेको छ।

बैठकमा अध्यक्ष बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान् गुरुङलगायतको उपस्थिति रहेको थियो। विसं २०७३ कात्तिकमा अन्तिम सात निर्वाचन भएको तरुण दलले अहिलेसम्म पनि पूर्णता पाउन सकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ