arrow

प्रकाण्डका छोराको विदेश घुमघामले विप्लवको पार्टीमा खैलावैला

logo
प्रकाशित २०७६ कार्तिक २ शनिबार
narendra-bk-china.jpg

काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोराले विदेशमा मस्ती गरिरहेको तस्विरसँगै उनको बारेमा नेकपामा व्यापक चर्चा हुन थालेको छ । पार्टीमाथि प्रतिबन्धसँगै नेता–कार्यकर्ता भूगिमत भएपनि प्रकाण्डका छोरा भने हालै पाँच देशमा घुमेर फर्केको नेकपा वृत्तमा चर्चा छ । 

पार्टी निकट विद्यार्थी संगठनका कोषाध्यक्ष समेत रहेका बिक करिब डेढ महिना विदेशमा बसेर फर्केका एक विद्यार्थी नेताले बताए। दिल्लीको एयरपोर्ट प्रयोग गरेर विदेश हानिएका बिक बंगलादेश, हङकङ हुँदै चीन पुगेका थिए । विदेश उडेको जानकारी हुने भएकोले बिकले दिल्ली एयरपोर्ट प्रयोग गरेको स्रोतले बतायो। 

Image may contain: 1 person, smiling, sky and outdoor

देशमा संगठन जिल्ला भेला, सम्मेलनमा जुटिरहेको बेला बिक विदेश सयरमा निस्के पछि यो विषय पार्टी तथा विद्यार्थी संगठनमा चर्चाको विषय भएको छ। यता जिल्ला भेला र सम्मेलनमा सहभागी हुने कार्यक्षेत्र छुट्याइएपनि उनी विदेशमा रमाइरहेको देखिएपछि उनको पार्टी पङतिमा आलोचना समेत भएको छ।

बिकले भेला सम्मेलनको लागि भन्दै संगठनका विभिन्न इकाई र शैक्षिक क्षेत्रमा व्यापक मात्रामा चन्दा उठाएर विदेशमा मस्ती गरेर फर्केको भन्दै पार्टीपङतिमा आलोचना भएपछि अहिले विप्लव समूहमा ठूलै हलचल भएको छ । संगठनका अधिकांश नेता कार्यकर्ताहरुले बिकको विदेश शयरको विरोध गरेका छन् । 

Image may contain: one or more people, people standing, ocean, sky, outdoor and water

संगठनका काम छोडेर विदेश घुम्न जानु आपत्तिजनक भएको भन्दै सोही संगठनका एक नेताले बिकलाई कारवाहीको माग गरेका छन् । “संगठनका काम छोडेर विदेश जानु आपत्तिजनक हो । जिल्ला जिल्लामा नेता कार्यकर्तामाथि धरपकड भइरहेको बेला कोषाध्यक्ष नै विदेश घुम्न जानु सिधासिधा पलायनता हो, कोषाध्यक्षको विदेश भ्रमणलाई हामीले यसरी नै लिएका छौं” एक नेताले हाम्राकुरासँग भने । उनले यो विषय संगठनको बैठकमा उठाउने समेत बताए । 

बिकको विदेश भ्रमणलाई संगठनका अध्यक्ष चिञ्जिीबी ढकालले गोप्य राखेका थिए । जानकारी पाएका केही नेताहरुलाई पनि पार्टी र संगठनको कामकै लागि विदेश भएको जवाफ दिँदै बाहिर नलैजान भन्दै आएका थिए । तर, बिकले भ्रमणका फोटो फेसबुकमार्फत सार्बजनिक गरेपछि लुकाउन खोजेको कुरा आफै उदाङगिएको छ । धेरैले प्रश्न उठाएपछि अहिले काठमाडौँ युनिभर्सिटीले बिकलाई विदेश पठाएको जवाफ दिइएको छ । 

सोही पार्टीका एक केन्द्रीय सदस्यले विदेशमा पठाउने कुनै कार्यक्रम नभएको बताएका छन् । उनले पार्टीलाई यसबारे कुनै जानकारी नभएको भन्दै देशमा संगठनका काम छोडेर विदेश घुम्न जानु गलत भएको बताए । उनले विदेश जाने अनुमति पार्टीको अन्तर्राष्ट्रिय विभागलाई मात्रै भएको भन्दै बिकको भ्रमणबारे पार्टीमा कुरा उठाउने बताए । उनले नेताको छोरा भएकै कारण संगठनका काम छोडेर विदेश जानु आफूहरुको लागि मान्य नहुने बताए । 

“पार्टीमाथि प्रतिबन्ध छ, संगठनका शान्तिपूर्ण कार्यक्रम पनि सरकारले गर्न दिएको छैन । नेता कार्यकर्तामाथि गिरफ्तारी र धरपकड जारी छ । तर, नेताको छोरा भएकै कारण विदेश घुम्न जानु आपत्तिजनक कुरा हो । यो पार्टी र विद्यार्थी संगठनको विषय बनाउँछौं” ती नेताले भने । डेढ महिना विदेश घुम्ने स्रोत के हो भन्दै उनले प्रश्न समेत गरे । 

यो विषय पार्टीमा पनि उठेपछि त्यसलाई प्रबक्ता समेत रहेका प्रकाण्डले थामथुम पारेका छन् । उनि भदौ महिनाको पहिलो साता बिदेश गएका थिए । त्यतिबेला संगठनकै काममा बिकलाई बिदेश पठाइएको भनिएपनि अहिले बोली फेरिएको छ । संगठनमा धेरै सिनियरलाई पाखा लगाउँदै प्रकाण्डकै दबाबमा कोषाध्यक्ष बनाएपछि नरेन्द्र विवादित बन्दै आएका थिए । पछिल्लो विदेश भ्रमणलाई लिएर सो संगठनमा खैलाबैला मच्चिएको छ । 

स्मरण रहोस् चीन गएकै कारण यसअघि विप्लवले पार्टीका तत्कालिन केन्द्रीय सदस्य शरदसिंह भण्डारी र सुदीप मल्ल, ब्यूरो सदस्य पुष्प न्यौपानेलाई कारवाही गरेका थिए । अब प्रकाण्डको छोरा चन्दा उठाएको पैसा बोकेर बिदेश घुमेको विषयलाई विप्लवले कसरी लिन्छन् हेर्न बाँकी छ । यसअघि विप्लवका छोरा प्रकाश चन्दले अरुको महंगो बाइकमा बसेर फोटो खिचेको विषयले निकै चर्चा पाएको थियो । अहिले प्रकाश मेडिकल विद्यार्थीहरुसँगै आन्दोलनमा लागेको देखिएका छन् । उतिबेला प्रकाशको विषयलाई पार्टीमा जबर्जस्त विषय बनाएका प्रकाण्डले छोराको विषयमा के भन्छन एक नेकपाका एक नेताले प्रश्न उठाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ