arrow

म्यान्मारको राजकीय भ्रमण सकेर राष्ट्रपति नारुहितोको राज्याभिषेकमा

logo
रासस,
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
bidya.jpg

म्यान्मार । राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारमा गरिएको पाँचदिने राजकीय भ्रमण पूरा गरेकी छन्। राष्ट्रपति भण्डारी गत असोज २९ गते यहाँ आइपुगेकी हुन्  ।

राष्ट्रपति  भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा आइतबारदेखि यही कात्तिक ५ गतेसम्म जापान भ्रमणमा छिन्।  जापानको औपचारिक भ्रमणमा रहेकी  राष्ट्रपति भण्डारीले कात्तिक ५ गते मङ्गलबार आयोजना हुने शुभराज्याभिषेकको विशेष समारोहमा भाग लिनेछिन्  । उक्त समारोहपछि उनि सम्राट नारुहितोले आयोजना गर्ने राजकीय भोजमा सरिक हुनेछन् ।

भ्रमणका अवधिमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द तथा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ता गर्नेछिन् । राष्ट्रपति भण्डारीले जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आयोजना गर्ने स्वागत समारोहमा भाग लिनेछिन्। यसैगरी उनले जापानस्थित गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि भाग लिनेछिन्।
   
राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र म्यान्मारका राष्ट्रपति मिन्तबीच राजधानी नेपित शहरमा भेटवार्ता भयो । राष्ट्रपतिसँग म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु ची र कमान्डर इन चिफले पनि भेट गरिन् । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा म्यान्मार र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो ।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलले नेपितमा जेम्स म्युजियम(रत्न पत्थर आदि सङ्ग्रहालय)को अवलोकन गर्‍यो । त्यस्तै पिन ऊ लिनमा दुर्गा मन्दिर, नेशनल कान्दायजी पार्क, प्राचीन मन्दिर चैत्य आदिको शहर बगानको भ्रमण, पुरानो राजधानी यङ्गोनमा आङ सान सङ्ग्रहालय, महाविजय चैत्य र श्वेदागोन चैत्य अवलोकन पनि भयो । यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका विभिन्न मुद्राका ३० मूर्ति पनि प्रदान गर्‍यो जुन लुम्बिनी विकास कोषको लुम्बिनी सङ्ग्रहालयमा राखिने छ । श्वेदागोन चैत्य क्षेत्रमा राष्ट्रपतिले लुम्बिनी चित्रकला प्रदर्शनीको पनि उद्घाटन गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ