arrow

बाबुको हत्या गर्ने तामाङ २० वर्षपछि पक्राउ

logo
प्रकाशित २०७६ कार्तिक ४ सोमबार
pakrau-new.jpeg

काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले विसं २०५७ चैत २९ गते काभ्रेपलाञ्चोक नवोबुद्ध नगरपालिका–११ स्यामपाटीको विमिरे गाउँको आफ्नै घरमा बाबु धमैसिंह तामाङको हत्यामा संलग्न छोरा रनबहादुर तामाङलाई सोमबार काठमाडौँ कीर्तिपुरबाट पक्राउ गरेको हो ।

 ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बुबा र छोराको घरयासी विषयमा सामान्य विवाद हुँदा बुबाले घाँटी रेटेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए।

“बुबाको हत्यापछि वैदेशिक रोजगारीका सिलसिलामा कुवेत गएका छोरा रनकाजी काठमाडौँ आएपछि विभिन्न स्थानमा लुकेर बसेकाले २० वर्षपछि पक्राउ गरेका हौँ,” उनले भने । उनले काठमाडौँमा आएर आफ्नो वास्तविक परिचयसमेत लुकाई विभिन्न स्थानमा लुकेर बसेको ब्यूरोले जनाएको छ ।

सवारी दुर्घटना मुद्दाका फरार व्यक्ति जेल चलान

नेपाल प्रहरीले सवारी दुर्घटनाबाट अङ्गभङ्ग मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुनसरीमा सवारी दुर्घटना गरेर फरार पिकअफ भ्यान सवारीका धनी तथा चालक ३३ वर्षीय अशोक कार्कीलाई आइतबार पक्राउ गरी सोमबार जेल चलान गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले सुनसरी जिल्ला अदालतको फैसलाअनुसार पाँच वर्ष कैद सजाय र रु पाँच हजार जरिवानापछि फरार कार्कीलाई कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिए । कार्कीले बा १ च ८६१० नं को पिकअफ भ्यान चलाएका थिए । पक्राउ कार्कीलाई सोमबार काठमाडौँ जिल्ला अदालतमार्फत जेल सजायका लागि सुन्धारा जेल पठाइएको ब्यूरोले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ