arrow

१८ नेपाली अधिकारीहरुको भारतमा प्रशिक्षण शुरु 

logo
प्रकाशित २०७६ कार्तिक ४ सोमबार
nepali-offices-india-nacin.jpg

काठमाडौं । भारतको बेंगलरुस्थित नासिनमा नेपाली अधिकारीहरुको ‘सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी प्रशिक्षण भइरहेको छ । प्रशिक्षणमा १८ नेपाली अधिकारीहरुको सहभागीता रहेको छ । 

नेपाली अधिकारीहरुको दोस्रो समूहले सोमबार (कार्तिक ४) देखि यो प्रशिक्षण लिइरहेको हो । नेपाल सरकारको अनुरोधमा कूल ६० अधिकारीहरुको लागि तयार पारिएको यो एक विशेष कोर्ष हो ।

२० नेपाली अधिकारीहरुको पहिलो समूहले २०७६ भाद्र ७ गते ६ दिने प्रशिक्षण मोड्युल सफलतापूर्वक सम्पन्न गरेका थिए । २१ नेपाली अधिकारीहरुको तेस्रो समूहले यही मंसिर–पुस महिनादेखि प्रशिक्षण सुरु गर्नेछन् ।

भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग आइटीइसी कार्यक्रम अन्तर्गत रहेको छ । नेपाल सरकारका विभिन्न निकायहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ । 

यस प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीहरुको सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलाहरुलाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्नेछ । 
नेपालस्थित भारतीय दूतावासका अनुसार वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुद्धिकरण क्षेत्रमा नासिन भारत सरकारको अत्याधुनिक शिक्षण सुविधा सहितको प्रमुख प्रशिक्षण संस्थान हो । यो एशिया–प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो । यसले अन्तर्राष्ट्रिय संस्थाहरु जस्तै युएनइपी, युएनओडीसी, एसएएसइसी लगायतसंग मिलेर काम गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ