arrow

टोकियो विमानस्थलबाट राष्ट्रपति भण्डारी स्वदेश फिर्ता    

logo
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
vidya-japan.JPG

टोकियो । राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई बुधबार बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेशतर्फ प्रस्थान गरेकी छिन् ।      
     
उनलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले बिदाइ गरे । 

राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहेका छन् । 

म्यानमारको ५ दिने राजकीय भ्रमणपछि राष्ट्रपति भण्डारी गत आइतबार जापानी सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी हुन जापान गएकी थिइन् । 

नोरुहितोको मंगलबार गद्दी आरोहण भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ