arrow

काकासँग पैसा माग्न आएका व्यवसायी साहलाई भतिजाले हाने गोली

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
gun-bullet-ar.jpeg

धनुषा । धनुषामा बुधबार एक पेट्रोल पम्पका सञ्चालक व्यवसायीको गोली हानी हत्या भएको छ ।  जनकपुरधाम उपमहानगरपालिका मुजेलिया वडा नम्बर १४ विद्युत प्राधिकरण नजिकै पेट्रोल पम्प व्यवसायी मनोज साहको गोली हानी हत्या भएको प्रहरीले जनाएको  छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, गोली प्रहारबाट घाइते साहको घटनास्थलमा नै मृत्यु भएको छ । साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन्।

मृतक साहले स्थानीय पंकज चौधरीलाई पैसा दिएका थिए । सोही पैसा लिन गएका साहलाई चौधरीले गोली हानेका छन । मृतक साहलाई छातीमा दुई वटा गोली लागेको हो ।  घटनाका बारे एक स्थानीय अनुसार,  वडा नम्बर १४ भुजेलीमा मनोज पंकजको घरमा पैसा माग्न गएका थिए । सोही समयमा पंकजले साहमाथी गोली हानेका छन ।

पंकजको घरमा पैसा माग्न गएका थिए । सोही समयमा मनोजलाई गोली हानिएको छ । घटनालगत्तै स्थानीयले  प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाको  अनुसार, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष अशोक चौधरीका आफ्नै भतिजा भएको खुल्न आएका छन । पंकजले  स्थानीय स्तरमा ठेक्कापट्टा गर्दै आएको छ ।

पंकजका पैतृक घर जनकपुरधाम उपमहानगरपालिका  वडा नम्बर १५ रामपुर गाउँमा रहेको हो । केही वर्षअघि पंकजले  वडा नम्बर १४  मुजेलियामा पनि घर किनेर बस्दै आएको थियो । मृतकको शव परिक्षणका लागि अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएका छन ।

घटनापछि छिमेकीको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरीका साथबाट प्रहरीले कटुवा पेस्तोल तथा गोली बरामद भएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ