arrow

दैलेख कांग्रेस उपसभापति महतको दिल्लीमा निधन, डेंगीले लियो ज्यान

दैलेख कांग्रेसलाई ठूलो क्षती

logo
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
Bhupendra-mahat.jpg

नयाँ दिल्ली। भारत भ्रमणमा रहेका नेपाली कांग्रेस दैलेख जिल्ला उपसभापति भुुपेन्द्र महतको बुधवार दिल्लीमा निधन भएको छ । दिल्लीको मेदेओर अस्पतालमा बुधवार साँझ छ बजेको समयमा उनको निधन भएको हो ।

नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रका अनुसार महत भारतको मुम्बई, हरियाणाको सोनिपत हुँदै नेपाल फर्किने क्रममा दिल्लीको आनन्द विहारमा मुर्छा परेका थिए। अस्पताल स्रोतका अनुसार अनको डेंगीका कारण निधन भएको हो ।

नेपाली जनसम्पर्क समिति उत्तर भारत समितिकी अध्यक्ष सुनिता जीसी कुवँरका अनुसार नेपाली काँग्रेस दैलेख जिल्ला उपसभापति भूपेन्द्र महत आनन्द विहारमा अचेत भएर लडेपछि नेजस उत्तर भारत क्षेत्रका सचिव एलपी पाण्डे र तरुण दल उत्तर भारतका साँस्कृतिक सचिव करन बुढाको नेतृत्वमा रहेको टोलीले आनन्द विहार पुगेर अस्पताल पुर्याएको थियो।

घटनास्थलबाट महतलाई पहिला नीजि अस्पताल म्याक्समा उपचारका लागि भर्ना गरिएपछि उनलाई डेंगी भएको थाहा भएको पाण्डेले बताए । उपचार महंगो भएपछि उनलाई एम्स अस्पताल र अन्तिममा एम्स नजिकैको नीजि अस्पताल मेदेओर अस्पतालमा भर्ना गरिए पनि उनलाई बचाउने प्रयास सफल भएन। बुधवार अन्तिम श्वास लिएका हुन । विहानसम्म २७ हजार रहेको प्लेटलेट्स संख्या साँझसम्म २० हजारमा झरेपछि ज्यान गएको हो।

महतलाई पहिलैदेखि डेंगी भएको आशंका गरिएको छ । रोगका बारेमा थाहै नभएपछि अकालमै ज्यान गएको नेजस उत्तर भारतले जनाएको छ । 

युवा अवस्थामै ज्यान गुमाएका महतप्रति देशभरका कांग्रेस नेता, कार्यकर्ताहरूले दुख व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ