arrow

स्काभेटरले किच्दा एकको मृत्यु, चालक फरार

logo
रासस,
प्रकाशित २०७६ कार्तिक ७ बिहिबार
Baitadi-hamrakura.jpg

बैतडी। स्काभेटरले किच्दा बैतडीमा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन्। मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ।

लामालेक– ढणौन सडक निर्माणपछि एसके २२० केडी नंको स्काभेटरलाई घर निर्माणका लागि खन्न पुजाराले ल्याउँदै गरेको अवस्थामा आज बिहान ८ बजे पेले भन्ने स्थानमा खसेको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायब निरीक्षक मानसिंह बोहराले जानकारी दिए।  स्काभेटर चालक दशरथचन्द नगरपालिका–२ देहीमाडौँका ३० वर्षीय शेरीसिंह बोहरा फरार छन्।  फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। शव क्षतविक्षत अवस्थामा  घटनास्थलमै रहेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।
 
मृतकको पहिचान खुल्यो 
महाकाली राजमार्गमा भएको ट्रक दुर्घटनामा परी मृत्यु भएका नागरिकको पहिचान खुलेको छ। मृत्यु हुनेमा ट्रकका चालक दार्चुलाको नौगाड गाउँपालिका सिप्टीका धनसिंह धामी रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। ट्रकमा चालक मात्रै रहेको बुझिएको छ।
 
धनगढीबाट दार्चुलातर्फ गइरहेको ग्यास बोकेको से१ख १९२३ नंको मिनीट्रक महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान दुर्घटनामा परेको थियो। ट्रक सडकबाट २०० मिटर तल खसेको छ। चालक निदाएको वा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ