arrow

गुठीका नाममा सरकारी जग्गा हिनामिना

logo
राजु रिमाल,
प्रकाशित २०७६ कार्तिक ७ बिहिबार
national-vigilance-center.jpg

काठमाडौं। नीजि गुठीको नामबाट देशभर सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएका छन्। देशभरीका सरकारी जग्गा विभिन्न व्यक्ति र संस्थाहरुले अतिक्रमण गरेको घटना सार्वजनीक भइरहेका बेला राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको विस्तृत अध्ययन प्रतिबेदनले नीजि गुठी बनाइ त्यसमार्फत देशभरका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरिएको जनाइएको हो।

सर्तकता केन्द्रले केहीदिन अघि मात्र चन्द्रागिरी नगरपालिकाभित्र रहेका सरकारी जग्गा नीजि गुठीहरुले अतिक्रमण गरेको उजुरीको आरोपमा छानविन गर्दा यस्तो खुल्न आएको हो। गुठी संस्थान अधिनस्त (सरकारी गुठी) ले मात्र सरकारी सम्पत्ति प्रयोग गर्न पाउने कानुनमा व्यवस्था छ। तर, अन्य संघ संस्था जस्तै जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने नीजि गुठीहरुले सरकारी तथा सार्वजनिक जग्गा निशुल्क प्रयोग गर्न पाउँदैनन्। नीजि गुठीहरू केही व्यक्तिहरूले मात्र लाभ लिने गरी गठन गरिएका हुन्छन्। यस्ता गुठीयारहरूले आफ्नोलागि चाहिने जग्गा या खरिद गर्नु पर्छ या भाडामा लिनुपर्छ।

गुठीको नाममा केही नीजि गुठीहरूले गुठी अधिनस्त (सरकारी गुठी) झै सरकारी सम्पत्ति निशुल्क प्रयोग गरेको प्रतिवेदनमा जनाइएको छ। केन्द्रले तयार गरेको प्रतिबेदनमा चन्दागिरी नगरपालिका-६ मा रहेको एक सरकारी जग्गामा यसरी अतिक्रमण गरिएको छ। ८ आना क्षेत्रफल रहेको सो जग्गामा नीजि गुठीको नाममा स्थानीय केही व्यक्तिहरूले अतिक्रमण गरिएको प्रतिबेदनमा जनाइएको छ।

केन्द्रका अनुसार चन्द्रागिरी नगरपालिका, ६ (साविक थानकोट ८) गा कित्ता नम्वर ८० को सो जग्गा न्हुच्छेलाल महर्जन लगायतका व्यक्तिहरूले अतिक्रमण गरेका छन्। नीजि गुठीयारहरूले अतिक्रमण गरेको उक्त जग्गा नापी र मालपोत कार्यालयमा रहेका कागजातमा पर्ति (सरकारी) कायम रहेको प्रतिबेदनमा जनाइएको छ।

सतर्कता केन्द्रका कर्मचारीहरू उक्त ठाउँमा पुग्दा सो जग्गामा आनन्द भैरब गुठीले पक्की भवन बनाएको प्रतिबेदनमा जनाइएको छ। सो जग्गामा चन्द्रागिरी नगरपालिका अधिकारीहरूले समेत विना आधार नीजि गुठीयारहरूलाई भवन बनाउन दिएको प्रतिबेदनमा जनाएको छ।

केन्द्रका कर्मचारीहरू चन्द्रागिरी नगरपालिका कार्यालयसँग बुझ्दा नगरपालिकाका अधिकारीहरूले उक्त जगामा परापूर्बकालदेखि भवन वनाई गुठी सञ्चालन भइरहेको र २०७२ को भुकम्पले भवनमा क्षती पुगेकोले आनन्द भैरब गुठी थानकोटका गुठीयारहरुले पुरानो भवन भत्काई पछाडी दुई फिट सारेर नयाँ भवन बनाएको जवाफ दिएका थिए। तर नापी कार्यालयमा रहेको नक्सा हेर्दा गुठीयारहरुले दाबी गरे जस्तो परापूर्बकाल देखि उक्त कित्तामा भबन भएको नदेखिएको प्रतिबेदनमा जनाइएको छ। 

‘साविक २०२१ सालको नापी नक्सामा समेत उक्त कित्तामा कुनै भवन भएको देखिदैन’ प्रतिवेदनमा प्रष्टसँग भनिएको छ, ‘उक्त जग्गामा आनन्द भैरब गुठीका गुठीयारहरुले अतिक्रमण गरेको देखिन्छ।’ उक्त जग्गाबारेमा चन्द्रागिरी नगरपालिकाबाट प्राप्त कागजात र सोधपुछ गर्दा फायल सम्म खडा भएको तर उक्त गुठीलाई भोकाधिकार दिने-नदिने बिषयमा कुनै निर्णय नभएको प्रतिबेदनमा जनाइएको छ।

स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार स्थानीय तहमा रहेका सरकारी र सार्बजानिक जग्गाहरुको संरक्षण र सम्बर्धन गर्ने आधिकारीक निकाय स्थानीय तहकै रहे पनि चन्द्रागिरी नगरपालिकाले आफ्नो जिम्मेवारी पूरा नगरेको प्रतिबेदनमा जनाइएको छ।

नीजि गुठीको नाममा सरकारी सम्पत्ति दुरुपयोग गरेको घटना चन्द्रागिरी नगरपालिकमा मात्र छैन, काठमाडौको नक्सालमा करिब सात रोपनी सरकारी जग्गामा नीजि गुठी हरिहर नारायाण समाजले दुरुपयोग गरेको केन्द्रले ठहर गरेको छ। केन्द्रले केही दिन अघि यतार गरेको अध्ययन प्रतिवेदनमा काठमाडौं महानगरपालिका १ नक्साल, नारायणचौरस्थित गुठी संस्थानको कित्ता नं. ८७० को करिब ७ रोपनी हरिहर नारायाण समाजले गुठी संस्थानलाई महिनाको ६ हजार मात्र भाडा दिने गरेको छ। ‘यो भनेको सरकारी सम्पत्तिको अतिक्रमण र दुरूपयोग हो,’प्रतिवेदनमा जनाइएको छ। गुठी संस्थानले बिना प्रतिष्पर्धा उक्त नीजि गुठीलाई जग्गा भाडामा दिएको थियो। 

संस्थानसँग गरिएको जग्गा भाडा सम्झौतामा उक्त जग्गामा पुनः भाडामा लगाउन नपाईने तथा मदिराजन्य वस्तुको उपभोग गर्न नपाइने व्यवस्था छ तर उक्त व्यवस्थाको उल्लंघन गर्दै हरिहर नारायण समाजले एउटा भवनको उत्तरपट्टीको सटर होटल-रेष्टुरेण्टलाई मासिक करिब २० हजारका दरले भाडामा लगाएको छ। केन्दका अनुसार ७ रोपनी जग्गामध्ये २ रोपनी जग्गामा २०५६ पुस १६ गते काठमाडौं महानगरपालिकाले पछि नक्सा पास गर्ने गरी ३ तले भवन निर्माण गर्न स्विकृति दिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ