प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्रीबाट
प्रकाशित २०७६ कार्तिक ७ बिहिबार
377
Shares
काठमाडौं । प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्रीलाई दिइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहिबार अजरबैजानको बाकुतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोकेकी छन् ।
नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकेकी हुन् ।