arrow

प्रधानमन्त्रीको आर्दश भेनेजुएलाका राष्ट्रपति मुदुरोः पौडेल 

संविधानमा समावेश गर्न नसकेका लोकतन्त्रविरोधी कुरा कम्युनिष्ट सरकार कानुनमा समावेश गर्दै

logo
प्रकाशित २०७६ कार्तिक ७ बिहिबार
ramchandra-poudel-bittiya.jpg

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरु संविधानसभाबाट संविधान बनाउने क्रममा समावेश गर्न नसकेका लोकतन्त्र विरोधी विषयहरु अहिले कानुन बनाउँदा समेटने खोजेको आरोप लागएका छन् ।

वित्तिय संस्था कर्मचारी संघले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै पौडेलले कम्युनिष्ट सरकार कानुन बनाउदा सबै क्षेत्रका अधिकारलाई नियन्त्रण गर्ने प्रयासमा लागेको बताए । उनले भने, ‘संविधानसभाबाट लोकतान्त्रीक संविधान बनाउनेक्रममा हामीले लोकतन्त्रका मुल्य मान्यतामा कम्युनिष्टसँग धेरै लडाई गरेका थियौं । उनीहरुले हामीसँग बहस गर्न नसकेर लोकतन्त्रका मुल्यमान्यता स्वीकार गरेका थिए । अहिले कानुन बनाउदा ती लोकतान्त्रीक मुल्य मान्यतालाई नियन्त्रणको प्रयास गरिरहेका छन् ।’ 

पौडेलले मुलुकको प्रधानमन्त्रीको सवैभन्दा आर्दशपुरुष भेनेजुएलाका राष्ट्रपति मुदुरो भएको र सि जीङपिङ सिद्धान्तलाई नेपालमा प्रयोग गर्ने संझौता गर्दै लोकतन्त्रमाथि प्रहार सुरु गरेको बताए । पौडेलले भेनेजुएला र सि पथलाई आर्दश मान्ने कम्युनिष्टको नियत स्पष्ट भएको बताए । उनले कांग्रेस भएसम्म लोकतन्त्रका मुल्य मान्यतामाथि नियन्त्रणको प्रयास कसैले पनि गर्न नसक्ने स्पष्ट पारे। पौडेलले भने–‘लोकतान्त्रीक अधिकारमाथि धावा बोल्ने हिम्मत अहिले कम्युनिष्टहरुले गर्न सकेका छैनन् किनकी यो मुलुकमा कांग्रेस छ । कांग्रेले लोकतन्त्रका लागि सात दशक लडिसकेको छ । अझै कांग्रेस लोकतन्त्रका लागि जस्तोसुकै लडाई लड्न तयार छ । त्यसैले लोकतन्त्रप्रति गिद्दे दृष्टि नलाए हुन्छ ।’

कम्युनिष्टहरुको भनाई र गराईमा आकाश जमिनको फरक पर्ने व्यवहारबाट देखिएकाले आम नागरिक कम्युनिष्टदेखि असन्तुष्ट भइसकेको पौडेलको भनाई थियो । उनले भने, ‘ कम्युनिष्टहरु हिजो के भन्थे, आज के गर्दै छ । आम जनताले यसको समिक्षा गरिरहेका छन् । सवैले कम्युनिष्टहरुको बोली र व्यवहारको समिक्षा गर्न जरुरी छ ।’

कार्यक्रममा कांग्रेस नेताहरु बालकृष्ण खाँण, डा शेखर कोइराला, गगन थापा, पुष्पा भुसाल, ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुस्कर आचार्य लगायतका नेताहरुले ट्रेड युनियन आन्दोलनको भर्‍याङ चढेर सोही आन्दोलन ध्वस्त गर्ने कम्युनिष्टहरुको नीति नै भएको बताए । उनीहरुले आम नागरिक कम्युनिष्टसँग असन्तुष्ट भएको समयमा नेपाली कांग्रेस सुध्रिन जरुरी रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ