arrow

समुदाय–प्रहरी साझेदारीमा २३ हजार समिति निर्माण

logo
प्रकाशित २०७६ कार्तिक ७ बिहिबार
nepal-police-logo.png

काठमाडौं । नेपाल प्रहरीले अपराध रोकथाम र शान्तिसुरक्षा कायम राख्न देशभर २३ हजारभन्दा बढी साझेदार समिति निर्माण गरेको छ ।

 ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ २०७५ कात्तिक ११ गतेदेखि शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत उक्त साझेदार समिति निर्माण गरिएको हो ।

स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गरिसकेको छ ।

 नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल देशभर २३ हजार जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति र विद्यालय समिति निर्माण गरिसकेको बताउछन्।

 गृहमन्त्रालयबाट जारी ८२ बुँदे ‘गृह प्रशासन सुधार योजना’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई हरेक जिल्ला, स्थानीय तह र गाउँसम्म पुर्‍याइएको छ ।

 प्रहरी प्रधान कार्यालयका अनुसार एक वर्षको अवधिमा ७३ लाखभन्दा बढी नागरिकसँग समुदाय–प्रहरी साझेदारीसम्बन्धी अन्तक्र्रिया तथा अपराध रोकथामसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ