उपसभापति महतको दिल्लीमा निधनप्रति सभापति देउवाद्वारा दु:ख व्यक्त


प्रकाशित

काठमाडौं । भारत भ्रमणमा रहेका नेपाली कांग्रेस दैलेख जिल्ला उपसभापति भुपेन्द्र महतको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुख व्यक्त गरेका छन् ।

बिहिबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले नेपाली कांग्रेस जिल्ला कार्यसमिति दैलेखका उपसभापति, महाधिवेशन प्रतिनिधि एवं पूर्व कोषाध्यक्ष, नेपाल तरुण दलका पूर्व अध्यक्ष तथा नेविसंघ दैलेखका पूर्व अध्यक्ष भुपेन्द्रजंग महतको बुधबार कात्र्तिक ६ गते भारतको दिल्ली स्थित मेडिओर अस्पतालमा उपचारका क्रममा भएको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,' नेपाली कांग्रेसको संगठनमा र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पुर्याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनबाट पार्टीले एक होनाकार व्यक्तिलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।'

दिल्लीको मेदेओर अस्पतालमा बुधवार साँझ महतको निधन भएको थियो  । नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रका अनुसार महत भारतको मुम्बई, हरियाणाको सोनिपत हुँदै नेपाल फर्किने क्रममा दिल्लीको आनन्द विहारमा मुर्छा परेका थिए। अस्पताल स्रोतका अनुसार अनको डेंगीका कारण निधन भएको थियो ।

महत आनन्द विहारमा अचेत भएर लडेपछि नेजस उत्तर भारत क्षेत्रका सचिव एलपी पाण्डे र तरुण दल उत्तर भारतका साँस्कृतिक सचिव करन बुढाको नेतृत्वमा रहेको टोलीले आनन्द विहार पुगेर अस्पताल पुर्याएको थियो।


प्रतिक्रिया :

नयाँ