arrow

ठूलो ब्याँसको कुनाकाप्चा पुग्यो टेलिकमको पुहँच

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ कार्तिक ७ बिहिबार
tower.jpg

दार्चुला । क्षेत्रफलको हिसाबले जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह व्याँस, संचार सेवाको पहुँचबाट टाढा  थियो । गाउँपालिका भरी कैचुला टावरले एक दुइ वडालाई मात्र समेटेको थियो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दुर्गम यो भेगका जनता वर्षौंदेखि सञ्चारविहीन हुँदा पनि राज्यको ध्यान पुग्न सकेको थिएन् ।

 मोबाइल बाट इन्टरनेट तथा सामाजिक संजालको नजिक पुग्नु दुर्गम व्यासका जनाताको लागि सपना जस्तो थियो । व्याँस त्यसैमा पनि हिमाली क्षेत्र यहाका सौकाजाति ६ महिना व्याँस र ६ महिना सदरमुकाम झर्ने गर्छन् । अझ सडकले नछोएको बस्ती । विकट भएकै कारणले एउटा गाउँबाट अर्को गाउँसम्म पुग्न घन्टौँ लाग्छ । विकटताले कष्टकर बनाइदिएको व्याँसका लागि टेलीफोनले झनै विकट बनाएको थियो । गाउँमा कुनै घटना भइ हाले तेस्रो चौथो दिनमा मात्र थाहा पाइन्थ्यो । यदि तत्कालै खबर गर्नु परे घण्टौ हिडेर खबरीयाले खबर पुर्याउथ्यो ।

यो व्यासवासीका दुर्गम भेगका मानिसका लागि मात्र होइन् सुरक्षा निकायलाई पनि त्यत्तिकै समस्या छ । व्याँसमा कुनै घटना भयो भनेपनि समयमै खबर नुहुने घटना बारे चार, पाचँ दिन पछि जानकारी पाइने गरिन्छ । फोन सुविधा नभएर हप्तौँ अगाडि घटेका ठूल्ठूला घटनाको जानकारी हप्तौँ पछि आउने र त्यतिन्जेलसम्म अपराधी अपराध गरेर उम्की सक्ने प्रहरी बताउँछन् ।

यो समस्या विकट व्याँसमा संचार सुविधा नहुनुको परिणाम हो । फोन तथा इन्टरनेट सुविधा नहुँदा सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको नियमित कामकाजसमेत प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन् । ब्याँसमा टेलिफोन सेवा नहुँदा कार्यालयको महत्वपूर्ण काम काज पनि ढिलो हुने हुदा टावर संचालनको लागि पटक–पटक नेपाल टेलिकमका क्षेत्रीय तथा केन्द्रीय कार्यालयलाई आग्रह गरेको भएपनि पहलमा ढिलाइ हुदा आफूले नै सकृयता देखाउनुपर्छ भनेर नै सत्ताइस महिनापछि संचालनमा ल्याउन सकिएको गाउँपालिका अध्यक्ष दिलिप सिह बूढाथोकीले बताए ।

यसको परीणाम स्वरुप विहीबार गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले विटिएसको बटन थिचेर टावरको उद्घाटन गर्नु भएको छ । गाउँपालिकाको वडा नम्बर २ राप्ला रिवुधारमा १८ मिटर लामो टावर ठड्याएर नेपाल टेलिकम मोबाइल फोनको सेवा संचालनमा आएको छ । ५ महिना अघि निर्माण गरिएको टावरमा नेपाल टेलिकम (टु) जी ईन्टरनेट सहितको विटिएस जडान गरिए संगै टावर संचालनमा आएको छ ।

आगामी दिनमा थप सेवा थप्ने गाउँपालिकाले जनाएको छ । ५ वडा भरी यसको कभरेज क्षमता पुगेको नेपाल टेलीकम दार्चुलाका प्रमुख कृष्ण गुरुङले जानकारी दिए । तर व्याँसमा विधुतीकरण नहुदा सौर्यउर्जाको भर पर्नु परेको छ । हाल सेवा सोलारबाट संचालनमा ल्याइएको टावर निर्माण कम्पनीले जनाएको छ । राप्लाको रिपुधारमा रहेको नेपाल टेलिकम टावरमा २७ वटा सोलार प्यानल राखिएका छन् । जडित गरिएका सोलारले एक हप्ता सम्म काम गर्ने जनाइएको छ । वर्षौदेखि संचारविहीन व्यास २ मा पर्ने कोटेदार गाउँ समेत संचारको पहुचँमा जोडिएको छ ।

गाउँपालिकाको राप्ला, दुम्लिङ्ग, सग्न्याडी, कोटेदार, माल, रनथला, सिना, सुन्सेरा, तुसरपानी, डोकट, पथरकोट लगायतका स्थानका बासिन्दा लाभान्वित भएको स्थानीय दिपक खातीले जानकारी दिए । टावर संचालनमा आए संगै ब्याँस गाउँपालिकाका स्थानीय हर्षित भएका छन् । आफूले कहिले पनि फोन हातमा समातेर कुराकानी गर्न पाइने अवस्था आउछ भनेर नसोचेको व्यास २ कोटेधारका अरविन्द विष्टले बताए।

आफुले चुनावका बेला व्यासका जनताका सामु टावर संचालनमा ल्याउन बाचा गरे अनुसार अनुरुप काम गरेको अध्यक्ष बूढाथोकीले बताए । वर्षौदेखि संचारको पहुुच बाहिर रहेको व्यासमा नेपाल टेलिकम टावर संचालनमा ल्याउन पहल गरेको भन्दै स्थानीयले गाउँपालिका अध्यक्ष बूढाथोकीलाई फूलमाला र खादा ओढाई सम्मान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ