arrow

तिहारको बिदामा पनि कामदारको निःशुल्क शव ढुवानी

logo
प्रकाशित २०७६ कार्तिक ८ शुक्रबार
dead-body1.jpg

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा निधन भएका नेपाली कामदारको निःशुल्क शव ढुवानी सेवा तिहारको बिदामा पनि निरन्तर सञ्चालनमा आउने भएको छ ।

वैदेशिक रोजगार बोर्डले शुक्रबार एक सूचना जारी गर्दै यही कात्तिक ९ देखि १३ गतेसम्मको बिदाका क्रममा मृतकको शवलाई निजको घर ठेगानासम्म निःशुल्क ढुवानी कार्य नियमित हुने जनाएको छ । शव ढुवानीमा सहजीकरण गर्न बोर्डले तीन कर्मचारीलाई तयारी अवस्थामा राखेको छ ।

साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ तिहारका सार्वजनिक बिदाका दिन पनि नियमितरुमा सञ्चालित हुने भएको छ ।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै यही कात्तिक १० देखि १२ गते तिहारका बिदाका दिन बिहान १० देखि साँझ ५ बजेसम्म नियमित सञ्चालनमा आउने जनाएको हो । बिदापश्चात् सो सेवा बिहान ७ देखि साँझ ९ बजेसम्म सञ्चालनमा आउनेछ । मन्त्रालयले श्रम, रोजगार क्षेत्रका साथै वैदेशिक रोजगारीसम्बन्धी गुनासोको तत्कालै सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ