arrow

समाचार लेख्ने पत्रकारको हात काट्ने नेकपाका नेताको चेतावनी, युनियनले गर्‍यो भत्सर्ना

logo
प्रकाशित २०७६ कार्तिक ९ शनिबार
dadel-kc.jpg

रुकुम। सत्तारुढ दल नेकपा रुकुमका एक स्थानीय नेताले समाचार लेख्ने पत्रकारको हात काट्ने चेतावनी दिएका छन्। मुसिकाेट नगरपालीका १३ का वडाध्यक्ष समेत रहेका नेकपाका स्थानीय नेता दिपक केसीले समाचारकै विषयमा लिएर रेखदेख साप्ताहिकका प्रकाशक/ सम्पादक प्रवीर ददेलको हात काट्ने तथा ज्यान लिने धम्की दिएका हुन्। 

समाचारको विषयमा पटकपटक धम्कयाउँदै आएका केसीले शुक्रवार भने ददेललाई खाना खाइरहेका ठाउँमा आक्रमणको प्रयास गरेका थिए। साथमै रहेका अन्य स्थानीयनले आक्रमणबाट जोगाए पनि ददेललाई जहाँ भेट्यो त्यहि ठीक पार्ने धम्की समेत केसीले दिएका छन्।

नेपाल प्रेस युनियनले घटनाको भत्सर्ना गर्दै आक्रमणको प्रयास गर्ने तथा धम्की दिने नेकपाका नेता केसीलाई कानुनी कार्वाहीको माग गरेको छ। युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली समाचार लेख्ने पत्रकारको हात काट्छु भन्ने नीज केसीलाई कानुनी दायरामा ल्याई पत्रकारलाई भयरहित वातावरणमा पत्रकारिता गर्ने वातावरण बनाउन स्थानीय प्रसासनसँग माग गरेका छन्

युनियनले निकालेको वक्तव्य जस्ताको तस्तैः

मितिः २०७६ कार्तिक ९

प्रेस विज्ञप्ती

नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधि, पत्रकार महासंघ रुकुम पश्चिमका काेषाध्यक्ष तथा रेखदेख साप्ताहिकका प्रकाशक/ सम्पादक प्रवीर ददेललाई मुसिकाेट नगरपालीका १३ का वडाध्यक्ष दिपक केसीले आक्रमणकाे प्रयास गरेकोमा नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ।

समाचारकाे बिषयलाई लिएर पटक पटक ज्यान मार्ने धम्की दिदै आएका वडाध्यक्षले शुक्रवार राती भने आक्रमणकाे प्रयास गरेका हुन्। शुक्रबार साझ ७ बजे मुसिकाेटस्थित एक हाेटेलमा खाना खाईरहेका पत्रकार ददेललाई मदिरा सेवन गरेर खाएर आएका वडाध्यक्ष केसीले समाचार लेख्ने हात काट्ने र ज्यानै लिने धम्कि समेत दिएका हुन् । उनले अपशब्द बाेल्दै जहाँ भेट्याे त्यहि ठिक पार्ने धम्की समेत दिएका छन् ।

समाचार लेख्ने पत्रकारको हात काट्ने तथा ज्यानै लिने धम्की दिने नेकपाका नेता तथा वडाध्यक्ष केसीको हर्कतको नेपाल प्रेस युनियन भत्सर्ना गर्दै उनलाई तत्काल कानुनी दायरामा ल्याउन प्रसासनसँग माग गर्दछ। साथै पत्रकार ददेलको सुरक्षामा उचित व्यवस्था गरि भयरहित वातावरणमा पत्रकारिता गर्ने वातावरण मिलाइदिन नेपाल प्रेस युनियन स्थानीय प्रसासनसँग आग्रह गर्दछ। धन्यवाद । जय नेपाल।

अजयबाबु शिवाकोटी

महासचिव

नेपाल प्रेस युनियन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ