arrow

राप्रपा केन्द्रीय सदस्य जिसिको निधन 

logo
प्रकाशित २०७६ कार्तिक १० आइतबार
gc.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एबं सुर्खेत जिल्ला बिकास समितिका पुर्ब सभापति ओम बहादुर जिसिको गए राति सुर्खेतस्थित उनकै निबासमा निधन भएको छ ।

७४ बर्षिय जिसि प्यानक्रीयाज क्यान्सर सङ्ग संघर्षरत थिए ।उनको एक बर्ष अगाडी दिल्लीको मेदान्त अस्पतालमा शल्यक्रिया गरिएको थियो ।

स्वर्गीय जिसिको श्रीमती , तीन छोरी र एक छोरा छन् । स्वर्गीय जिसिको सुर्खेतमा आजै अन्तेष्टी गरिएको र उहाँको पार्थिब शरिरमा पार्टीका नेता मुकुन्द श्याम गिरि लगायत नेता कार्यकर्ताले पार्टी झण्डा ओढाई  श्रद्धाञ्जली अर्पण गरेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

 जिसिको निधनमा राप्रपा महामन्त्री भाष्कर भद्राले एक बक्तब्य जारी गर्दै  पार्टी र राष्ट्रबादी आन्दोलनलाई उनको निधनले अपुरणिय क्षती पुगेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ