arrow

कमल थापाको स्वास्थ्यमा समस्या

logo
प्रकाशित २०७६ कार्तिक १० आइतबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाको स्वास्थ्यमा समस्या देखिएको छ । चीनको सेन्जेन शहरमा आइतबारदेखि सुरु "आइटीएफ सेन्जेन सिनियर सर्किट २०१९"को दोस्रो खेलमा घाइते भएका हुन् ।
 
पिंडौला र तिघ्राको मांसपेशिमा एकैसाथ गंभीर समस्या भएकोले थापाले खेल बिचैमा छोडेका थिए।  भारतका अभिजित भरद्वाजलाई पहिलो सेटमा जितेपछि दोस्रो सेटमा ३-० ले जितिरहेको अवस्थामा मांसपेशिमा समस्या देखिएको थियो ।

 सो सेट ६-३ मा गुमाएका थापाले रिटायर्ड हर्ट भएर तेस्रो सेट खेल्न सक्ने अवस्था नभएपछि खेल बिचमै परित्याग गरेका थिए । पिंडौलाबाट शुरु भएको समस्या तिघ्रा हुंदै ढाड र अन्य ठाउँमा पनि फैलिन थालेपछि खेल छोडिदिएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

घाइते भएपछि पहिलो दुई सेट २ घन्टा ३५ मिनेट लामो समय सम्म चलेको बर्तौलाले जनाए । थापाको उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ