arrow

सात महिनाको गर्भ रहेकी सुत्केरीको उद्धार

logo
दयाराम पण्डित,
प्रकाशित २०७६ कार्तिक १० आइतबार
mahila-uddar.jpg

बाजुरा । सुत्केरी हुन नसकी प्रसव पिडामा रहेकी एक महिलाको शनिवार राति उद्धार गरीएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ७ की कल्धरी वि.क.को उद्धार गरीएको हो ।

सात महिनाको गर्भ रहेकै अवस्थामा महिलाको अत्यधिक रक्तश्राव हुँदा  जिल्ला अस्पताल मार्तडी पुगाईएकी महिलालाई जिल्ला अस्पताल मार्तडीमा उपचारहुन नसकेपछी नगर प्रमुख पदम बढुवालको सक्रियतामा उद्धार गरी बयालगढा अस्पताल अछाम पठाईएको हो । उनका श्रीमान नर विक रोजगारीको सिलसिलामा भारत गएका र घरमा आफन्तजन कोही नुहँदा छिमेकी बयालगढा अस्पतात पुगाईएपछि हाल महिला र बच्चाको अवस्था सामान्य रहेको उनका आफन्त डबल विकले बताए ।
 
बच्चा जन्मिनको लागी ४० हप्ता अर्थात २८० दिन पुग्नु पर्ने भएपनि २९ हप्ता ३ दिनको अवधिमा नै महिलालाई सुत्केरी पिडा भएपछी जिल्ला अस्पताल मार्तडी पुगाईएको थियो । जिल्ला अस्पतालमा सिजेरियन सेक्सनमा डाक्टर नभएको र अप्रेसन गरी बच्चा जन्माउनु पर्ने भएकाले बयागढा अस्पतालमा रिफर गर्नुपरेको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यलय प्रमुख डाक्टर रोहित गिरीले जानकारी दिए ।

हप्तामा तिन देखि चार जना यस्तै प्रकृतिका विरामीहरु जिल्ला अस्पताल बाजुरामा आउने गरेको गिरीले जानकारी दिनुभयो । विगत केही वर्ष यता निकसाईमन ईन्श्च्युट (एन एस आई ) बाट दुईजना डाक्टर हुंदा केही सहज भएको थियो । हाल एक जना डाक्टर टिका राईको सरुवा भएको छ भने एकजना तिहार विदामा हुंदा जिल्लामा सिएस  गर्न पनि निकै अप्ठेरो भएको छ ।

बिगतमा सुत्केरी महिलाको सिएस गर्दा  केही समस्या पनि नआएका हैनन् काम गर्दागर्दै स्थानीयवाट साथ पाईएन । अहिले त हामीसंग  जनशक्ती पनि छैन जोखिम मोल्न सकेनौं म आफै गएर विरामलिाई गाडीमा राखेर हिजोाति रिफर गरेको छु , डाक्टर रोहितले बताउनुभएको छ । जनचेतनाको कमी, स्वास्थ्य र पोषणको अभावले यस्ता घटनाहरु बढीरहेको पाईएको छ । 

प्रसव पिडामा छटपटाई रहेकी बि.क.लाई सहयोग गरी आमा र बच्चा दुबैको ज्यान बचाउन सकिएकोमा नगर प्रमुख बडुवालले खुशी व्यक्त गरे। जिल्ला अस्पतालमा यस्ता घटनाहरु बारम्बार आईराखे पनि अस्पतालको क्षमता बिस्तार गरी आवश्यक सेवा सुविधा पुर्याउन आवश्बयक ब्यबस्थापनका लागि सम्बद्ध निकायमा आफु लागिपरेको नगर प्रमुख बढुवालले बताए। केही महिना यता सुत्केरी ब्यथाकै कारण बाजुरामा तीन जना  महिलाको ज्यान गैसकेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ