arrow

जुवाको खालबाट वरामद रकम गन्न मात्रै लाग्यो ३ घण्टा

प्रधानमन्त्री ओलीलाई 'बा' भन्ने बले सहित २५ जुवाडे परेका थिए पक्राउ

logo
प्रकाशित २०७६ कार्तिक ११ सोमबार
umesh-lamsal-police-juwade-pakrau.jpg

काठमाडौं। तिहारको चाडको बेला पारि ठूलो हारजीत हुने गरि जुवा खेलाइरहेको सूचना पाएपछि महानगरीय प्रहरीवृत्त महाराजगञ्जका प्रहरी नायव उपरिक्षक उमेश लम्साल शनिवार राती त्यसलाई कन्फर्म गर्न लागे। परिपक्व सूचना भएको पुष्टी पछि उनले महाराजगन्जस्थित साम्बाला होटेल पछाडिको जुवाखालमा मध्यरातमा धावा बोले। आफ्नै कार्यालयभन्दा करिव १ किलोमिटरको दुरीमा भइरहेको जुवाखालमा पुग्दा उनले त्यहाँ भइरहेको कारोवार देखेर अचम्ममा परे ।

छापा मार्न गएका एक प्रहरी अधिकारीले भने, 'जुवा खेल्नलाई जुवाडेहरु पर्समा हैन झोलामा पैसा बोकेर आएका रहेछन्। जुवा खेल्दा खेल्दै कसैले हार्‍यो र थप खेल्न खोजेमा उसलाई तत्काल मिटर व्याजमा ऋण दिने व्यवस्था पनि रहेछ। पैसा सकिहालेमा चेकमा पनि कारोवार गर्ने व्यवस्था रहेछ।' उनका अनुसार महाराजगञ्जको जुवाको त्यो खाल क्यासिनो भन्दा चर्को रहेछ। 

काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित पेशेवार तरिकाले विक्रम गौतमको घरमा जुवा खेलिरहेको सूचना पाएपछि लम्साल नेतृत्वको वृतको प्रहरीले आफ्नो सम्पूर्ण वल प्रयोग गरि छापा हानेको थियो। धेरै मानिस रहेको तथा केहि गुण्डा नाइकेहरु पनि रहेको सूचनापछि प्रहरीले थप तयारी गर्नु स्वभाविक पनि थियो। प्रहरीको एक्कासी छापा परेपछि खेल्ने र खेलाउने दुवै पक्ष हेरेको हेर्‍यै भए। प्रहरीले राती रु दुई करोड ६७ लाख नगद र ३ लाखको चेक सहित २५ जना जुवाडेलाई पक्राउ गर्यो। 

Image may contain: 4 people, people sitting

पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिएका छन्। उनीहरुको साथबाट बैङक अफ काठमाडौंको ३ लाखको चेक समेत बरामद भएको छ।

तिहारको बेलामा प्रहरीको छापामा नियन्त्रणमा परेको यो सम्भवत ठूलो खाल भएको लम्सालले बताए। शनिवार राती १२ वजे छापा हानिएको र आइतवार विहान करिव ३ वजेसम्म मुचुल्का उठाउनेदेखि पक्राउको सबै कार्वाही सकिएको लम्सालले बताए। उनले वरामद गरिएको रुकमको गनेर मुचुल्का मात्र तयार गर्न प्रहरीलाई करिव ३ घण्टा लागेको बताए। खालमा पचास हजार, लाख लाखको ठीनो खेलाउने कारणले पनि लाख लाखको रुपैयाको बुक धेरै फेला परेको थियो। प्रहरीलाई भने ति सबै रकम गनेर मुचुल्का बनाउन समय लागेको थियो। 

No photo description available.

क्यासिनो किङ तथा बले भनिने बलराम सापकोटा पनि जुवा खेलाउने खालबाट पक्राउ परे। तिहारको बेला क्यासिनो जान नपाउने नेपाली जुवाडेहरूका लागि सापकोटा सहितको संलग्नतामा नै जुवा खेलाएको हुन सक्ने प्रहरीको नुमान छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'बा' भन्ने तथा प्रधानन्यायाधिश चोलेन्द्र शम्शेरसँग निकट रहेको बताउने सापकोटाले सोही आडमा धेरै अवैध धन्दा चलाइरहेको प्रहरी स्रोत बताउँछ।

प्रधानमन्त्री ओलीलाई 'बा' भन्ने बले सहित २५ जुवाडे पक्राउ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ