arrow

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

logo
रासस
प्रकाशित २०७६ कार्तिक ११ सोमबार
tractor.jpg

राजविराज । राजविराज–रुपनी सडकखण्डको राजविराज नगरपालिका–९ मलेठमा  ट्र्याक्टरले ठक्कर दिँदा सोमबार मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्र्याक्टरको ठक्करबार मोटरसाइकल चालक रुपनी गाउँपालिका–५ मुसरहनियाका  १९ वर्षीय दिपेश यादवको मृत्यु भएको  प्रहरी उपरीक्षक तिलक भारतीले बताए ।

ठक्करबाट यादवको दाहिने हात र पाखुरामा गम्भीर चोट लागेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारका लागि पठाइएको थियो । उपचारकै क्रममा सोमबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपनीबाट राजविराजतर्फ आउँदै गरेको स१त ४३६९ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको बा३८प ७१९५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । सोही दुर्घटनामा मोटरसाइकल पछाडि सवार रुपनी गाउँपालिका–५ कै २२ वर्षीय रुपेशकुमार खङ्गको दुवै खुट्टामा चोट लागेर घाइते भएका छन् । उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरी उपरीक्षक भारतीले जानकारी दिए ।
 
यस्तै कञ्चनपुर–फत्तेपुर सडकखण्डअन्तर्गत सप्तरीको  सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा मोटरसाइकलको ठक्करबाट सप्तकोशी नगरपालिका–१ नयाँबजार बस्ने ३५ वर्षीय राजेश शर्माको घटनास्थलमै मृत्यु भएको छ ।

कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को३३प ५२७ नंको मोटरसाइकलले उनलाई ठक्कर दिइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ