arrow

बञ्चरोले टाउकोमा हानेर छिमेकीको हत्या

logo
प्रकाशित २०७६ कार्तिक १२ मंगलबार
axe-attack.jpg

कैलाली । कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको  हत्या गरेका छन् ।

स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही ठाउँका २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

घटनापछि घाइते चौधरीलाई तत्कालै टीकापुर अस्पताल पुर्‍याएपछि  उनको मृत्यु भएको उनले  बताए ।  मानसिक सन्तुलन अलि गुमाएका मोतीरामले आफ्नो घरमा झगडा गरिरहेका बेला खुशीरामले सम्झाउन खोज्दा बञ्चरो प्रहार गरेका र घटना पछि उनी फरार रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ